योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़ना अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ।
विधि
- दुवै खुट्टा सिधा राखी बस्नुहोस् ।
- अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् ।
- अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् ।
- यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् ।
- यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् ।
सावधानी
गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन ।
फाइदा
अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ ।
कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ ।
यो मधुमेहका लागि उत्कृष्ट आसन हो ।
ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ ।
-राष्ट्रिय योगा विकाशक्रमबाट