२०८१ मंसीर ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशरगत अभाव हुन नदिन रक्तदान

रगत अभाव हुन नदिन रक्तदान


दोलखा–कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा अस्पतालमा बिरामीलाई रगत अभाव हुन नदिनको लागि विभिन्न निकायले रक्तदान आयोजना गरिएको छ । सदरमुकाम चरिकोटमा दोलखा चेम्बर अफ कमर्स र जिल्ला समन्वय समिति दोलखाको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

चरिकोटमा आयोजित खुला रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । दोलखा चेम्वर अफ कमर्सको ७१ औं स्थापना दिवसको अवसरमा सो रक्तदान कार्यक्रम आयोजना गरिएको दोलखा चेम्बर अफ कमर्सका सचिव रुद्रजंग बुढाथोकीले जानकारी दिए ।

रक्तदाताहरुलाई दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले प्रमाण पत्र वितरण गरेका थिए ।

रक्तदान कार्यक्रम सफल पार्नको लागि तारादल गण दोलखा, जिल्ला प्रहरी कार्यालय दोलखा, ससस्त्र प्रहरी बल दोलखा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा र जिल्ला समन्वय समिति दोलखाले सहयोग गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ