२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने

प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने


काठमाडौं—लाजिम्पाटस्थित प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नीको बायोस्पी जाँच निःशुल्क गर्ने भएको छ । किड्नीका बिरामीका बायोस्पी जाँचका लागि पूर्ण रुपमा सञ्चालन भएको यो नै एक्लो ल्याब हो ।

किड्नी बायोस्पी परीक्षणका लागि भारत पठाउने गरिन्छ । यसको जाँच गर्दा ७ हजार रुपैयाँसम्म खर्च हुने गर्छ । प्रथम प्याथालोजीका प्रमुख कार्यकारी अधिकृत डा. निराजन मैनालीले किड्नी बायोस्पी जाँचका लागि इम्युनोफ्रलोरेसेन्स जाँच र रिपोर्ट दिने भएको छ ।

उनकाअनुसार प्रथम प्याथालोजी ल्याब किड्नी प्याथालोजीसहित इम्युनोफ्रलोरेसेन्स गर्ने नेपालकै एक्लो ल्याब हो । प्रथम ल्याबले निकट भविष्यमै किड्नी ट्रान्सप्लान्ट एसभी४० मार्करसहितको बायोस्पी सुरु गर्ने योजनासमेत अगाडि बढाएको छ । जुन नेपालमा पहिलो चोटि गरिन लागिएको हो ।

यस्तै, ल्याबले किड्नी ट्रान्सप्लान्ट बिरामीका लागि प्रयोग हुने ट्याक्रोलिमस औषधीको लेभल पनि छुटका साथै गर्ने भएको छ । ‘महंगो मानिने यो जाँच हामीले तिहारसम्म २ हजार ५ सयमै गर्नेछौं भने रिपोर्ट पनि एक दिनमै दिनेछौं,’ डा. मैनालीले भने ।

ल्याबले नियमित बिरामीका लागि यसअघि नै असोज २५ सम्म सबै परीक्षणहरुमा २५ प्रतिशत छुटको घोषणा गरिसकेको छ । ल्याबमा मसिनो नसा भएका बिरामीहरुका लागि उच्च प्रविधीको भेन फाइन्डरसहितको सुविधा पनि रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ