२०८१ मंसीर ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशउपचारका क्रममा सुत्केरीकाे मृत्यु भएपछि नवजीवन अस्पताल तनावग्रस्त

उपचारका क्रममा सुत्केरीकाे मृत्यु भएपछि नवजीवन अस्पताल तनावग्रस्त


धनगढी-उपचारका क्रममा सुत्केरीकाे मृत्यु भएपछि धनगढीस्थित नवजीवन अस्पताल तनावग्रस्त बनेको छ । उपचारका क्रममा डोटी शिखर नपा-६ की २६ वर्षीया गर्भवती कल्पना मल्लको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो ।

कमलाको उच्च रक्तस्रावका कारण आइतबार विहान ८ बजे मृत्यु भएको हो । उनका नवजात शिशुलाई भने एनआईसियुमा राखिएको छ । कल्पनालाई हिजो बेलुका अस्पताल भर्ना गरिएको थियो ।

अहिले बिरामीका आफन्तहरुले ठूलो समूह अस्पतालमा छ । अस्पताल व्यवस्थापन र बिरामीका आफन्तबीच छलफल चलिरहेको छ ।

अस्पताल तनावग्रस्त भएपछि प्रहरी सुरक्षा दिनका लागि अस्पताल पुगेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ