गृहपृष्ठ ∕ प्रदेश १ ∕ आँखाको शल्यक्रिया गरिएका बिरामीलाई २ हजार पोषण भत्ता आँखाको शल्यक्रिया गरिएका बिरामीलाई २ हजार पोषण भत्ता अनिल श्रेष्ठ बुधबार, २०७८ भदौ ३० गते, ११:४४ मा प्रकाशित पोषण भत्ता लिन आएका बिरामीहरू विराटनगर – मोरङको जहदा गाउँपालिकाले आँखाको शल्यक्रिया गरिएको विरामीलाई पोषणा भत्ता दिने गरेको छ । बिरामी हुँदा पोषिलो खानेकुरा खानको लागि शल्यक्रिया गरिएको विरामीलाई पोषण भत्ता दिने गरेको हो । आँखाको शल्यक्रिया गरिएको बिरामीलाई पोषण भत्ता वापत २ हजार रुपैयाँ दिने गरेको जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले जानकारी दिए । आँखाको शल्यक्रिया गरेर घरमा बसेका बिरामीलाई गाउँपालिकाले पोषण भत्ता बापत २ हजार रुपैयाँ दिने अभियानको शुभराम्भ गरेको उनले बताए । बिरामी भएकालाई उपचारपछि स्वास्थ्यमा थप सुधार होस भन्ने पौष्टिक आहार किनेर खान पोषण भत्ता दिने गरेको उनले बताए । ‘गाउँपालिकामा पहिलो चरणमा एक दर्जन बिरामीले पोष्टिक आहारको किन्नको लागि पोषण भत्ता हामीले वितरण गरिसकेका छौं,’ उनले भने । यो अभियान सुरु गरेको तीन वर्ष भएको उनले बताए । अहिले गाउँपालिकामा आएका आउने सबैभन्दा बढी मोतियाबिन्दुको शल्यक्रिया गरेका बिरामीहरु आउने गरेका छन् । पोषण भत्ता वितरण गर्नको लागि गाउँपाकिलाले बजेट विनियोजन गरेको छ । पाठेघरको शल्यक्रिया गरेको बिरामीलाई पनि गाउँपालिकाले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी साढे १२ करोड लागतमा बन्ने गौरादह नगर अस्पतालको प्रधानमन्त्रीबाट शिलान्यास कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती… नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?