शनिबार र सार्वजनिक विदाको दिनमा पनि नर्भिकले ओपिडी खोल्ने

काठमाडौं – थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालन गर्ने भएको छ । सोमबार विज्ञप्ति जारी गरी अस्पतालले सो जानकारी दिएको हो ।
तिजको विदाको दिन पनि नर्भिकले ओपिडी सेवा संचालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।
उनका अनुसार व्यस्त काठमाण्डौबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालनमा ल्याउने निर्णय गरेको हो । त्यसरी संचालन गरिने ओपिडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले बताए ।
यसैगरी, नर्भिक अस्पतालले ओपिडीको सन्ध्याकालीन सेवा समेत संचालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए ।
दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपिडी सेवा संचालन गर्ने तयारी भइरहेको हो ।
यसैबीच, नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छूट सम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ । नर्भिकले अन्तराष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो । यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ । यो अफर यो सातासम्म जारी रहनेछ ।
धेरै पढिएका
- १ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- २ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए
- ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’
- ४ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- ५ छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग
- ६ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस