यस भागदौडको जिन्दगीमा व्यक्तिआफुलाई ध्यानमा राख्न बिर्सिने गर्छन। न समयमा खाने-पिउन न समयमा सुत्ने जसको प्रभाव हाम्रो शरीरमा पर्ने गर्छ। हामीले दिनचर्या यतिसम्म खराब बनाइसक्यौं कि छिटो सुधार गरिएन भने त्यसको नतिजा गम्भीर हुन सक्छ।
कसैलाई पेटमा समस्या छ भने कसैलाई तौल बढ्ने समस्या छ यस्ता समस्याले मानिसलाई गम्भीर रोगतर्फ धकेल्ने गर्छ। तर, के तापाईलाई थाहाँ छ ? शशकासन योग गर्दा हाम्रो समस्यालाई ठुलो राहत मिल्न सक्छ ? शायद छैन, यस्तोमा व्यक्तिले दैनिक यी आसन गर्नु भएमा तपाई चुस्त र दुरुस्त बन्न सक्नु हुनेछ।
त्यसअघि शशकासन भनेको के हो ? बुझौं।
संस्कृतमा शशको अर्थ खरायो हुन्छ । यो आसनमा खरायो लुक्दा झैँ आकृति बनाएर गरिने भएकाले यसको शशकासन नाम रहन गएको हो ।
विधि:
— बज्रासनमै बसेको स्थितिबाट दुवै हातलाई श्वास लिँदै माथि उठाउनुहोस् । कानसँगै छुवाएर सिधा राखी दुवै हातलाई समानान्तर
गर्नुहोस् ।
— अब श्वास छोड्दै विस्तारै अगाडि झुक्दै निधारले घुँडाको अगाडितिरको जमिनमा छुनुहोस् ।
— दुवै हातलाई जमिनमा राखी सम्पूर्ण शरीरलाई शिथिल छोड्नुहोस् र श्वासलाई १० सेकेन्डजति रोक्नुहोस् ।
— अब श्वास लिँदै पूर्ववत अवस्थामा
आउनुहोस् ।
— यसलाई तीन पटक दोहो¥याउनुहोस् ।
— लामो समय आसनको स्थितिमा रहने भए श्वासलाई सामान्य राख्नुहोस् ।
फाइदा :-
- शशकासनको नियमित अभ्यासबाट एकाग्रता आउँछ ।
- मनमा आनन्द बढ्छ र तनावसमेत कम हुन्छ ।
- यस आसनको अभ्यासले पाचन, अवशोषण र मल निष्काशन नियमति हुन्छ । स्त्री-पुरुषका प्रजनन् अङ्ग सबल हुन्छन् ।
- प्राणायाम, मन्त्रयोग, ध्यानयोगको साधनामा पनि यो आसन महत्त्वपूर्ण मानिन्छ ।
सावधानी
कम्मर र खुट्टाका जटिल समस्या भएको अवस्थामा र गर्भावस्थामा यो आसन गर्नुहुँदैन । मोटोपना, हड्डी खिइएको जटिल अवस्थामा समेत यो आसन गर्नुहुँदैन।
-‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकबाट