कम्प्लिट केयरद्वारा सानिमा बैंकका ग्राहकलाई स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुट

काठमाडौँ – कम्प्लिट केयर नेपालले सानिमा बैंकका ग्राहक सदस्यहरुको स्वास्थ्य परीक्षणमा १० प्रतिशतसम्म छुट दिने भएको छ । कम्प्लिट केयरले सानिमाको मोबाइल एप्लिकेसन अर्थात क्यु आर कोड प्रयोग गर्ने ग्राहकलाई उक्त छुट सुविधा दिएको हो ।
यस विषयमा कम्लिट केयर र बैंकबीच केही दिन अघि सम्झौता भएको हो । जसका लागि बैंकको तर्फबाट रिलेसनसिप म्यानेजर आरोग्य गुरागाईं र रिलेसनसिप अफिसर नीलम पौडेलले प्रस्ताव अघि सारेको कम्प्लिट केयरकी प्रबन्ध निर्देशक रत्ना महत बताउँछिन् ।
कम्प्लिट केयरले पछिल्लो समय घर–घरमै नर्सिङ केयर सेवा, फिजियोथेरापी डाक्टर सेवा, सम्पूर्ण प्याथोलोजी सेवा, हेल्थ प्याकेज, घरमै आएर रगतको नमुना संकलन गरी रिपोर्ट इमेल भाइबर, वाट्सएपमार्फत उपलब्ध गराउँदै आएको छ ।
अनलाइनमार्फन सेवा दिँदै आएको यस संस्थाले चिकित्सक परामर्श सेवा, पीसीआर परीक्षण, एन्टिबडी परीक्षण, घरमै आएर पीसीआरको नमुना संकलन लगायतका सुविधा दिएको प्रबन्ध निर्देशक महत बताउँछिन् ।
‘अहिले कोरोना महामारीका कारण धेरैजसो मानिसहरु घरभित्रै हुनुहुन्छ, बाहिर निस्कन पनि जोखिम छ,’ उनले भनिन्, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले घर–घरमैै सेवा दिइरहेका छौं ।’
धेरै पढिएका
- १ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- २ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’
- ३ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए
- ४ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते
- ७ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस