२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ३९३८ जनामा कोभिड-१९ पुष्टि, ३७ को मृत्यु

देशभर ३९३८ जनामा कोभिड-१९ पुष्टि, ३७ को मृत्यु


काठमाडौँ – थप ३ हजार ९ सय ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिड संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । यस्तै, हालसम्म ९ हजार ९९४ जनाको मृत्यु भैसकेको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ