युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. भुपेन्द्र बस्नेत

काठमाडौं—कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीसमेत आफै राखेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार डा. बस्नेतलाई अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले युनिफाइड केन्द्रीय अस्पतालको प्रशासकीय अधिकारीमा डा. भुपेन्द्रलाई नियुक्त गरिएको जानकारी दिए । ‘उहाँलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको छ,’ डा. पोखरेलले भने, ‘मन्त्रीबाट तोक लागेर हामी पत्र बनाउँदैछाैं ।’
यसअघि सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. रुद्र मरासिनीलाई कोभिड—१९ युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त गरिएको थियो । तर, प्रधानमन्त्रीले उक्त निर्णयलाई स्थगन गरेर आज डा. बस्नेतलाई प्रमुख प्रसासकीय अधिकारीमा नियुक्त गरेका हुन् ।
डा. बस्नेत यसअघि वीर अस्पतालको निर्देशक भइसकेका छन् । उनीसँग व्यवस्थापनमा काम गरेको राम्रो अनुभव छ ।
यसअघि कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम थिए । उनलाई प्रसुति गृह पठाइएको छ ।
ट्याग : #डा. भुपेन्द्र बस्नेत, #डा. रोशन पोखरेल, #युनिफाइड केन्द्रीय अस्पताल
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ६ वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन्
- ७ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
तपाईको प्रतिक्रिया दिनुहोस