जोनसोन एण्ड जोनसोनको खोप आजदेखि काठमाडौंमा सबैले लगाउन पाउने

काठमाडौं—अमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोनको खोप आजदेखि काठमाडौंमा सबैले लगाउन पाउने भएका छन् । सरकारले १८ वर्षमाथिका सबैलाई आजदेखि काठमाडौं जिल्लामा जोनसोन एण्ड जोनसोनको खोप दिन सुरु गरेको हो ।
स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काअनुसार काठमाडौंलाई दिइएको १ लाख डोज खोप बाँकी रहेकाले सो खोप १८ वर्षमाथिका सबै नागरिकलाई पुगेसम्म लगाउने बताए ।
‘हामीसँग १ लाख डोज जोनसोन एण्ड जोनसोनको खोप बाँकी छ,’ उनले भने, ‘त्यसले पुगुन्जेलसम्म हामी काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइदिन्छौं ।’
अमेरिकी सरकारले नेपाललाई एक डोज लगाउँदा पुग्ने १५ लाखभन्दा बढी डोज जोनसोन एण्ड जोनसोनको खोप सहयोग गरेको थियो । सो खोप शुक्रबारबाट ५० वर्षमाथिका, विदेश जानुपर्ने, अपांगलगायतका दिदैं आएको थियो ।
ट्याग : #काठमाडौं, #खोप, #जोनसोन एण्ड जोनसोन
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ४ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ७ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस