२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएस्ट्राजेनेका खोप १० महिनाको अन्तरमा लगाउँदा झनै प्रभावकारी : अध्ययन

एस्ट्राजेनेका खोप १० महिनाको अन्तरमा लगाउँदा झनै प्रभावकारी : अध्ययन


लण्डन – एस्ट्राजेनेका खोपको दुई डोजमा १० महिनासम्म अन्तर बढाउदा झनै प्रभावकारी हुने एक अध्ययनले देखाएको छ। अक्सफोर्ड यूनिभर्सिटीले सोमबार आफुले गरेको उक्त अध्ययन प्रकाशित गरेको हो ।

उक्त भ्याक्सिनको तेस्रो डोज लगाउँदा मानिसको शरीरमा एन्टिबडीको स्तर अझै बढ्ने समेत पत्ता लागेको अक्सफोर्डले जनाएको छ । अध्ययन अनुसार सबै मिलाएर सो अनुसन्धानले दुई डोजबीच अन्तर बढाउँदा रक्षात्मक एन्टीबडीको स्तर पनि बढ्ने देखाएको छ । भने, दोस्रो डोज लिएको ६ महिनापछि तेस्रो डोज बुस्टरको रुपमा दिंदा कोभिडको भेरियन्ट विरुद्ध शक्तिशालि प्रतिक्रिया दिने समेत पाइएको छ।

भ्याक्सिन विकासका लागि काम गरिरहेका विश्वका कयौं देशलाई सो अक्सफोर्डको अध्ययन फाइदाजनक साबित हुने देखिन्छ। तर, हालै भने यी दुई डोजको अन्तर १२ देखि १६ सातासम्म राखिएको छ। भारतको सेरम अफ इन्सिच्युटमा एस्ट्राजेनेका-अक्सफोर्डको भ्याक्सिन कोभिशिल्डको नामबाट उत्पादन हुन्छ।

अक्सफोर्डका अधिकारीका अनुसार यस खोज विश्वलाई महामारी विरुद्ध लड्न मद्दत मिल्नेछ। अक्सफोर्ड भ्याक्सिन ट्रायललाई नेतृत्व गरिरहेका प्रोफेसर लिड एन्ड्रु पोलार्डले भने, ‘यो तथ्यांकले के देखाउछ भने हामी एस्ट्राजेनेका-अक्सफोर्ड भ्याक्सिनको एक अर्को डोज दिएर प्रतिक्रिया बढाउन सक्छौं। दुई डोजबाट इम्युनिटीको अवधि र भेरियन्टविरुद्ध रक्षालाई लिएर बुस्टर डोजको सहि अनुसन्धान गर्न सकिन्छ  ।’

-स्रोत : हिन्दुस्तान टाइम्स 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ