२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशखराब मौसमका कारण व्यथा लागेको ६ दिनसम्म पनि उद्धार हुन नसक्दा गर्भमै बच्चाको मृत्यु

खराब मौसमका कारण व्यथा लागेको ६ दिनसम्म पनि उद्धार हुन नसक्दा गर्भमै बच्चाको मृत्यु


जुम्ला – हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ की एक जना महिलाको समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएको छ। २७ वर्षीया जगतमाया रोकायालाई असार १ गतेबाट प्रशव व्यथा लागेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार हुन नसक्दा २ असारमा बच्चाको गर्भमै मृत्यु भएको हो।

उक्त महिलाको भने आइतबार हेलिकोप्टरबाट उद्धार भएको हो ।

उद्धारको लागि हेलिकोप्टर तयारी अवस्थामा रहेको हुँदा पनि खराब मौसमका कारण उडान हुन नसक्दा थप समस्या निम्तीएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए ।  उनका अनुसार  बच्चाको पेटभित्र मृत्यु हुँदा आमाको ज्यानलाई थप जोखिम बढेकाले आइतबार मौसम सामान्य सुधार भएपछि उद्धार गरेर सुर्खेत लगिएको हो ।

सुत्केरी व्यथा लागेकी गर्भवतीको छैटौं दिनसम्म पनि उद्धार हुन सकेको थिएन । अस्पतालको सिफारिसबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गरेर हेलिकप्टरको व्यवस्था भएपछि आइतबार अपरान्न उद्धार भएको हो ।

अस्पतालको प्रसूतिगृहमा उपचार गर्दा रगत जम्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा त्यसको अप्रेसन जिल्लामा गर्न नसकिने भएपछि जिल्लाबाहिर रिफर गरिएको प्रमुख जिल्ला अधिकारी आर्चायले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ