२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा १ हजार ११३ जनाको परीक्षणमा ३४९ संक्रमित

प्रदेश १ मा १ हजार ११३ जनाको परीक्षणमा ३४९ संक्रमित


 विराटनगर – प्रदेश १ मा थप ३४९ जना कोभिड-  संक्रमितथपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६,संखुवासभामा ९,पाँचथर, इलाम र भोजपुरमा४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२३, सुन्दरहरैचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, कानेपोखरी, केराबारी, रतुवामाई, कटहरी, सुनबर्षी र लेटाङमा २–२, ग्रामथानमा १, सुनसरीको बर्जुमा १२, इटहरीमा ११, धरानमा ८, दुहवीमा ६, इनरुवामा ४, रामधुनी र गढीमा ३–३, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ र स्थानीयतहनखुलेका २, झापाको भद्रपुरमा १५, दमकमा ११, बुद्धशान्तिमा ३, अर्जुनधारा, कमलगाउँपालिका, कनकाई, शिवसताक्षी, विर्तामोड, झापागाउँपालिका र स्थानीयतहनखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि, ते¥हथुमको म्याङलुङमा २५ र स्थानीयतहनखुलेका १, संखुवासभाको खाँदबारीमा ८ र सभापोखरीमा १, पाँचथरको फिदिममा ३ र फाकफोकथुममा १, इलामको मांसेबुङमा २, इलामनगरपालिका र स्थानीयतहनखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीयतहनखुलेका १, उदयपुरको बेलकामा २ र त्रियुगामा १ , ओखलढुङ्गा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा संक्रमितको संख्या ६१ हजार ९८६ पुगेको छ । संक्रमित भएकामध्ये ४१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । आइतबार ९५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या १९ हजार ३७५ रहेको छ । प्रदेश १ मा आइतबरा १ हजार ११३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६५ पुरुष र १८४ जनामहिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

 

 

 

 

 

 


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ