काठमाडौं–सरकारले कोभिड–१९ विरुद्धको अब ७ वटा स्वास्थ्य सामाग्रीलाई प्राथमिकता राखेर सहयोग लिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न दाता तथा देशहरुसँग कोभिड–१९ विरुद्धका लागि ७ वटा स्वास्थ्य सामाग्रीलाई प्राथमिकताका राखेर सहयोग ग्रहण गर्ने तयारी अगाडि बढाएको हो ।
‘अनुदानका लागि छुटाइएका अन्य सामग्री पनि प्रशस्त भएको हुँदा अहिलेलाई आवश्यक सामग्री ७ वटालाई मात्रै प्राथमिकतामा राखि सहयोग लिन लागिएको हो।, ‘स्वास्थ्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने ।
सरकारको प्राथमिकतामा पहिलो नम्बरमा कोभिड–१९ विरुद्धको खोप राखेको छ । यस्तै, दोस्रोमा अक्सिजन कन्सन्टेटर, तेस्रोमा बच्चाका लागि आवश्यक पर्ने भेन्टिलेटर र जनरल भेन्टिलेटर प्राथमिकताको सूचीमा छन् ।
प्राथमिकताको सूचीको तेस्रो नम्बरमा आईसीयु वेड, मनिटर, चौथोमा टेष्ट किट, पाँचौमा पिसिआर टेष्ट किट र छैटौंमा एन्टीजेन टेष्ट किट छन्।
उनका अनुसार स्वास्थ्यले प्राथमिकताको सूची तयार पारेर परराष्ट्र मन्त्रालयलाई पठाएको छ । उसले अब प्राथमिकतामा रहेका स्वास्थ्य सामग्री मात्रै स्वीकार गर्ने भनेर विदेशस्थित नियोगलाई परिपत्र गरिदिन परराष्ट्रलाई भनेको छ ।