२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्सामा ३० जेठसम्म निषेधाज्ञा जारी रहने

पर्सामा ३० जेठसम्म निषेधाज्ञा जारी रहने


धनुषा – कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा लगाइएको निषेधाज्ञालाई जेठ ३० गतेसम्म थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिकोे बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो ।

संक्रमणको श्रृंखला तोड्न निषेधाज्ञा उपयोगी देखिएकोले जेठ ३० गते राति १२ बजेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरिएको समितिको निर्णयमा उल्लेख छ ।

संक्रमणको दोस्रो लहर सुरु भएपछि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको छ । एक महिनाभन्दा बढी समय निरन्तर निषेधाज्ञा जारी राख्दा व्यापार व्यवसाय चौपट भएको भन्दै कतिपयले खुकुलो गर्न माग गर्दै आएका छन् भने पछिल्ला दिनमा निषेधाज्ञाको अवज्ञा गर्ने क्रम पनि बढेको छ ।

बैठकले कोभिड–१९ महामारीको समयमा जेठ १९ गतेसम्म शव व्यवस्थापनका लागि खर्च गरिएको ३ लाख ७१ हजार ६ सय १५ रुपैयाँ, क्वारेन्टिनर होल्डिङ सेन्टर व्यवस्थापनमा खर्च गरिएको ७६ हजार १ सय रुपैयाँ र अनुगमन र कन्ट्याक्ट ट्रेसिङ लगायत कार्यमा सवारी साधनको इन्धनका लागि २ लाख ८ हजार ८ सय ६० रुपैयाँ गरी जम्मा ६ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ खर्च समर्थन गर्ने निर्णय समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले वताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ