गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड–१९ का कारण जुम्ला अस्पतालमा सुर्खेतका एक जनाको मृत्यु कोभिड–१९ का कारण जुम्ला अस्पतालमा सुर्खेतका एक जनाको मृत्यु मानदत्त रावल आईतबार, २०७८ जेठ ९ गते, १६:४७ मा प्रकाशित जुम्ला–जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुर्खेतका एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय जगतबहादुर शाहीको आइतबार विहान कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको हो । उनी १० दिनदेखि अस्पतालमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीकाअनुसार बाहिर जिल्लाका जुम्ला अस्पतालमा कोभिड–१९ का कारण मुत्यु भएको दोस्रो घटना हो । यसअघि जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका– ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको कोभिड–१९ बाट मुत्यु भएको थियो । नन्दावक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीका अनुसार जुम्ला अस्पतालमा दोस्रो पटक मृत्यु भएका कोभिड–१९ संक्रमितको शव यहाँको चन्दननाथ नगरपालिका–१ दानसाँघुमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ । यसअघि शवघाटको व्यवस्थापन नहुँदा संम्बन्धित जिल्लामा शव लिनु परेको थियो । उनले भने, ‘जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यहाँको चन्दननाथ नगरपालिका– १ को दानसाँघु र ९ नम्बर वडाको गमगाडमा शवघाट तोकेपछि सहज भएको हो ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ७ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण Kalpana Craft ट्रेण्डिङ नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो