विराटनगर – माहामारीको रूपमा दोस्रो लहरमा फैलिएको कारोना संक्रमणले गर्दा स्वास्थ्य सामग्रीको प्रयोग बढेपछि त्यसको फाइदा उठाउँदै मोरङको एउटा सेनिटाइजर उद्योगले औषधी व्यवस्था विभाग (डीडीए) ले तोकेको भन्दा बढी मूल्यमा सेनिटाइजर बिक्री बितरण गर्ने गरेको पाइएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका – ३ निमुवामा रहेको कास्यब ऋषि आर्युवेद कम्पनी प्रा. लि.ले उत्पादन गरेको ‘कास्यव ऋषि हेण्ड सेनिटाइजर’ औषधी व्यवस्था विभागले तोकेको भन्दा बढी मूल्यमा बिक्री वितरण गरेको पाइएको हो ।
उद्योग संचालकदेखि व्यवयासीहरूले सनिटाइजरमा बढी मूल्य लिने भएकोले औषधी व्यवस्था विभागले साइज अनुसारको मूल्य कायम गरिदिएको छ । तर, कास्यब ऋषि आर्युवेद कम्पनी प्रा. लि. का संचालकले कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर विरामीले उपचार नपाएर मृत्युवरण गरिरहेको समयमा पनि मानविय संम्बेदनसिलता भुलेर स्वास्थ्य सामाग्रीमा मनपरी मूल्य कायम गरेको भेटिएको हो ।
औषधी व्यवस्था विभागले नर्मल हेण्ड सेनिटाइजर १ हजार एमएलको मूल्य ६ सय ९० रूपैयाँ तोकिदिएको छ । यदि १ हजार एमएलको सेनिटाइजरमा स्प्रे राखिएको छ भने १० रुपैयाँ देखि १५ रुपैयाभन्दा बढी मूल्य थप गर्न नपाउने विभागले निर्णाय गरेको छ । यसो गर्दा स्प्रेसहितको १ हजार एमएल सेनिटाइजरको मूल्य ७ सय १० देखि १५ रुपैयाँ हुन आउँछ ।
तर, कास्यव ऋषि सेनिटाइजरमा विभागले तोकेको भन्दा १ सय १० देखि १ सय १५ रूपैयाँ बढी प्रतिलिटर एक हजार एमएलको सेनिटाइजर ८ सय २५ रूपैयाँ मूल्य कायम गरि बजार पठाउने गरेको छ । यसरी विभागले तोकेको भन्दा बढी मूल्य कायम गरि उद्योगले सेनिटाइजर बजार पठाउँदा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेका छन् ।
उद्योगले होलसेल डिर्लर र खुद्रा पसलहरूमा कम मूल्य कायम गरेर बिक्री वितरण गरेपनि उपभोत्ताहरूलाई लेबलमा कायम गरेको मूल्यमा खुद्रा व्यापारीले बिक्री वितरण गर्ने भएकोले यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका हुन् ।
कास्यव ऋषि सेनिटाइजर बजारमा साइज अनुसार पाँच लिटरसम्मको बजारमा रहेको छ । सबै साइजको सेनिटाजरमा विभागले तोकेको भन्दा बढी मूल्य कायम गरि बजार पठाएको छ । विभागले तोकेका भन्दा बढी मूल्य कायम गरि सेनिटाइजर बजार पढाउँदा पनि नियमकारी निकाय बेखबर रहेको छ । तोकिएको भन्दा बढी मूल्य कायम गरेको भेटिए यसको अनुगमन गर्ने निकाय वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय र औषधी व्यवस्था विभाग हो । तर, कास्यव ऋषि सेनिटाइजरले मनपरी मूल्य कायम गरि बजार पठाएको जनगुनासो आउँदा पनि नियमक निकाय मौन रहनुले चलखेल भएको हुनसक्ने उपभोत्ताबादी संघसंस्थाहरुले आशंका गरेका छन् ।
उद्योगले तोकिएको भन्दा बढी मूल्य कायम गरेको भेटिएपछि वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गर्ने अधिकार दिएको छ । तर, खुल्लेआमा विभागले तोकेको भन्दा बढी मूल्य कायम गरि सेनिटाइजर बजार पठाउँदा पनि नियमकारी निकायको उद्योगमा पुगेर अनुगमन नगरर्नुले ठूलो चलखेल भएको दाबी गरिएको छ ।
यता, औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संन्जिव शर्मा कट्टेलले विभागले तोकेको भन्दा कुनै उद्योगले पनि बढी मूल्य कायम गरि बजार पठाउन नमिल्ने बताए । ‘कुनै पनि उद्योगले विभागले तोकेको भन्दा बढी मूल्य कायम गरि सेनिटाइजर बजारमा पठाउने गरेको पाइए जो सुकै कारवाहीको भागिदार बन्नेछ,’ उनले भने ।
गुणस्तरको विषयलाई लिएर जनगुनासो आएपछि कास्यव सेनिटाइजर कम्पनी प्रा. लि. ले उत्पादन गरेको ‘कास्यव ऋषि हेण्ड सेनिटाइजर’ नमूना संकलन गरि प्रयोगशालमा पनि पठाएको छ ।
‘यसअघि पनि हामीले कास्यव ऋषि हेण्ड सेनिटाइजरमा अनुगमन गरेका थियौ,’ डिडिए विराटनगरका प्रमुख कट्टेलले भने, ‘नमूना संकलन गरि विभागको प्रयोगशालामा परीक्षण गर्न पठाएका छौं । ल्याब परीक्षण रिपोटमा गुणस्तरहिन सेनिटाइजर आए विभागले थप कारवाहीको प्रक्रिया अगाडी बढाउनेछ ।’
स्रोतको अनुसार कास्यव ऋषि हेण्ड सेनिटाइजमा लेबल पनि पुरानो लगाउने गरेको छ । कास्यव ऋषि सेनिटाइजरमा दुई वर्ष अगाडी छापेको आइएसो प्राप्त लोको भन्दै सेनिटाइजरमा पुरानो लेबल लगाउने गरेको स्वास्थ्य क्षेत्रका जानकार स्रोतले जानकारी दिएको छ ।
यसअघि सन् २०२० मार्चमा औषधी व्यवस्था विभागले सेनिटाइजरको म्याद एक वर्षमात्र राख्न निर्णाय गरेको थियो । तर, कास्यव ऋषि सेनिटाइजरले आफुखुसी दुई वर्षको म्याद राखेर सेनिटाइजर बजारमा पठाउने गरेको छ । विभागको तोकेको निर्णायलाई मान्ने हो भने कास्यव ऋषिको म्याद सन २०२१ को फर्बरमीमा सकिन्छ । तर, विभागको निर्णायलाई लत्याउँदै कास्यब ऋषि आफुखुसी म्याद राखि बजार पठाउने गरेको बुझिएको छ ।