पोखरा – गण्डकी प्रदेशमा थप ३० जनाको मृत्यु भएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको हो ।
यससँगै सप प्रदेशमा ४५२ जनाको ज्यान गुमाइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा सो प्रदेशमा = ५६७ जना कोरोनामुक्त भएका छन् भने ६८८ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकीमा कूल ३० हजार ६८८ संक्रमित भएकोमा ३० हजार ९६५ जना कोरोनामुक्त भएका छन् । निर्देशनालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा पर्वतका ५, गोरखाका ३, तनहुँका ५, कास्कीका ८, स्याङ्जाका ७, नवलपरासी सुस्तापूर्वका २ जनाको मृत्यु भएको छ ।
यस्तै, गण्डकीमा ३०८ महिला र ३८० पुरुषमा संक्रमण पुष्टि भएको छ । मुस्ताङमा १०, मनाङमा १३, म्याग्दीमा ६८, पर्वतमा २२, गोरखामा १२९, लमजुङमा ७, तनहुँमा ५६, कास्कीमा १७६, बागलुङमा७०, स्याङ्जामा ९ र नवलपरासी पूर्वमा १२८ जनामा संक्रमण पुष्टि भएको हो ।