२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिला नियुक्त

पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिला नियुक्त


पोखरा–पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. अमर नागिला स्वास्थ्य विज्ञान संकायको डिनमा नियुक्त भएका छन् । पोखरा विश्व विद्यालय कार्यकारी परिषदको सोमबार बसेको बैठकले उनलाई डिन नियुक्त गरेको हो ।

प्रयोगशालाविद् डा.नागिला क वर्गको ल्याब लाइफ केयर डायग्नोस्टिक प्रालि पोखराका निर्देशक हुन् । जहाँ कोभिड–१९ को पिसिआर जाँच हुने गरेको छ ।

यस्तै, कार्यकारी परिषद्ले ३ जेठदेखि नै लागु हुने गरी पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रकमा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका सह–प्राध्यापक डा. तुल्सीराम भण्डारीलाई नियुक्त गरेको छ ।

दुवैको कार्यकाल ४ वर्षको हुनेछ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ