छाला मानिसको शरीरको महत्वपूर्ण बाहिरी तह हो । शरीरको बाहिरी सुरक्षात्मक तह भएकाले छालाको विशेष ख्याल जरुरी हुन्छ । शरीरको सबैभन्दा बाहिरी आवरण नै छाला भएकाले यसले ब्यक्तित्वलाई सुन्दर बनाउन पनि भूमिका खेलेको हुन्छ ।
हरेक ब्यक्तिलाई छाला सुरक्षाको चिन्ता हुने गर्छ । अझ महिलाहरुमा छालाको चमकको विशेष चाहना हुन्छ । हाम्रो छाला मुलायम हुने भएकोले यसको हामीले राम्रोसँग हेरचाह गर्नुपर्छ ।
छाला बिग्रने कारणहरु ?
छाला बिग्रने विभिन्न कारणहरु छन् । जसमध्ये केही कारणहरुलाई यहाँ प्रष्टयाउन खोजिएको छ । आवश्यकताअनुसार नसुत्ने, पोषणयुक्त खानेकुराको अभाव, प्रदुषण, घाममा धेरै बेरसम्म बस्ने, तनावयुक्त जीवनशैली, काममा अत्याधिक व्यस्तता, धुम्रपान तथा अल्कोहल पिउने आदतले हाम्रो अनुहारको छाला बिग्रन्छ । तसर्थ, चिकित्सकका रुपमा छालाको चमक बढाउनका लागि म केही सुझाव दिन चाहन्छु ।
छालाको चमक बढाउन के गर्ने ?
- हरेक रात ७ देखि ९ घन्टा सुत्ने ।
- पर्याप्त पानी पिउदा पनि शरीरको छालामा चमक आउनुको साथै अनुहारमा बिमिरा आउनबाट जोगाउँछ ।
- प्रशस्त मात्रामा हरियो सागपात र फलफूलजस्ता पोषणयुक्त खानेकुरा खाने ।
- धुम्रपान र मदिरा सेवनबाट टाढै रहने ।
- चिन्तामुक्त जीवनशैली र तालिकाअनुसार काम गर्ने ।
- नियमित व्यायायम गर्ने ।
- सनस्क्रीन प्रयोग गर्ने ।