गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन जीवन लामा बुधबार, २०७८ वैशाख २९ गते, १०:४६ मा प्रकाशित दोलखा-कोभिड १९ को संक्रमणबाट नेकपा एमालेका नेता तथा दोलखा जिल्ला निर्वाचन ख बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सांसद पशुपति चौलागाईको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार पीसीआर परीक्षण गरेका सांसद चौलागाई मंगलबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार राति करिब १० बजे मृत्यु भएको थियो । चौलागाईको दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. ४ काब्रे स्थायी घर रहेको छ । वि.सं. २०२० फागुन ५ गते जन्मिएका चौलागाई २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए । २०३७ सालदेखि २०४७ सम्म नेकपा माले दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाई २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति भएका थिए । २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी २०६३÷६४ को अन्तरिम व्यवस्थापिका सांसद बनेका थिए । वि.सं. २०७०/७४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै २०७१ सालदेखि २०७५ सम्म नेकपा एमालेका पोलिटव्यूरो सदस्य थिए । काठमाडौ पेप्सीकोलामा बस्दै आएका चौलागाईका श्रीमती, एक छोरा र दुई छोरी छन् । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन… नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा… राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८… कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्यमन्त्रीको आग्रह धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री ४ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार Kalpana Craft ट्रेण्डिङ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न