२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा कोरोना संक्रमण बढ्दैं, बागलुङका ३ वडामा निषेधाज्ञा

गण्डकीमा कोरोना संक्रमण बढ्दैं, बागलुङका ३ वडामा निषेधाज्ञा


पोखरा—बागलुङ नगरपालिकाको एक विद्यालयमा कारोना संक्रमणको शंकापछि शिक्षक विद्यार्थीको पिसिआर जाँचका लागि स्वाब संकलन गरियो । बागलुङमा संकलन गरिएको स्वाब पोखरा पठाइयो । संकलित ९८ स्वाबमध्ये ३९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

विद्यालयका शिक्षक तथा विद्यार्थी कोरोना संक्रमित भएपछि विद्यालय त बन्द छ । जिल्ला प्रशासन बागलुङले बागलुङ नगरपालिका— १२, १३ र १४ साविकका अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविस) मा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले वैशाख ७ देखि १७ गतेसम्म अत्यावश्यक सेवाबाहेक अत्य सबै क्षेत्र र सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

प्रशासनद्वारा जारी विज्ञप्तिमा खाद्यान्न, तरकारी, दूध, औषधी, दाना ढुवानी, एम्बुलेन्स, कृषि तथा पशु उत्पादन, मल बीउलाई अत्यावश्यक सेवा उल्लेख गरिएको छ । यस्तै स्वास्थ्य सेवा, विपद् व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन अत्यावश्यक सेवामा राखेको छ । यीबाहेक सबै क्षेत्र बन्द गर्न प्रशासनले निर्देशन जारी गरेको हो ।

बागलुङ जिल्ला प्रशासनले कालीगण्डकी करिडोर तथा अन्य सडकमार्गमा चल्ने यातायात सेवाबाट उक्त वडामा चढ्न र झर्न नपाउने निर्देशन दिएको छ । त्यस्तै शैक्षिक संस्था, व्युटीपार्लर, सैलुन, पसल, कवाडी संकलनलगायत सेवा बन्द गर्न भनेको छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै कोरोना अति प्रभावित जिल्लाको सूचीमा बागलुङलाई राखेको थियो । कोरोना कहर बढ्दै जाँदा नेपाल सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । यससँगै जिल्ला प्रशासन कार्यालय कास्की र पर्वतले पनि सार्वजनिक सूचना जारी गरी सचेत गराएका छन् । सूचनाको अवज्ञा गरे संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

स्वास्थ्य चौकीका कर्मचारी नै संक्रमित भएपछि कास्कीको माछापुच्छ«े गाउँपालिका—९ मा वडा कार्यालयले विद्यालय, स्वास्थ्य चौकी, पसलहरु ३ दिन बन्द गर्न भनेको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ