काठमाडौं—काठमाडौं उपत्यकाकालगायतका विभिन्न जिल्लाहरुमा कोभिड—१९ को संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ८ बुँदे अपिल जारी गरेको छ । बिहीबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भिडभाड नगर्नेदेखि हरेक अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न समेत भनिएको छ ।
केन्द्रले १४ जिल्लालाई अति प्रभावित भनेर छुट्याउँदैं ती जिल्लाहरुमा भिडभाड हुने काम नगर्न भनेको छ । कोभिड—१९ संक्रमणको दोस्रो लहरका कारण अति प्रभावित जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।
अति प्रभावित जिल्लाहरुमा बढी भिडभाड हुने क्षेत्र बन्द गर्नुपर्ने अवस्था रहेको भन्दैं उक्त क्षेत्रमा सहभागी नहुने भनेको छ । साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु प्रभावकारी रुपमा पालना गर्न पनि आग्रह गरेको छ ।