२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५९ जनामा कोरोना पुष्टि

भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५९ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशाला गरिएको परीक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका सबैभन्दा बढी ४९ जना रहेका छन् । जसमा नेपालगन्जका ४२ जना, खजुराका ३ जना, राप्ती सोनारीका ३ जना र कोहलपुरका १ जना रहेका छन् ।

यस्तै, बर्दियाका ४ जना, दैलेखका ३ जना, कैलाली, अछाम र सोलुखुम्बुका १/१ जना रहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ