२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकपाललाई सदावाहर सुन्दर र स्वस्थ राख्न ब्युटीसियन रेणुको यस्तो सुझाव

कपाललाई सदावाहर सुन्दर र स्वस्थ राख्न ब्युटीसियन रेणुको यस्तो सुझाव


जसरी हरेक मौसममा छालाको स्याहार गर्नु जरुरी छ । त्यसरी, मौसमअनुसार हाम्रो कपालको पनि स्याहार पनि उत्तिकै जरुरी हन्छ । हामीले गर्ने थोरै वेवास्ताले पनि कपाल झने, टुक्रिने, रुखो हुने र कपालको चमकमा कमी आउने गर्छ ।

यसले सौन्दर्य र व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यहीमाथि नारीहरुको लागि त कपाललाई गहनाको रुपमा लिइन्छ । यदि कपाल भएनभने जति सुकै महँगो लुगा, गहना लगउनुस् तर सौन्दर्यमा कमिको अनुभुती अवश्य नै हुन्छ ।

त्यसैले, हामीले हरेक समयमा कपालको स्याहार गर्नु जरुरी छ ।अहिलेको अवस्थामा हाम्रो दैनिकी र व्यस्त जीवन शौलीका कारण पनि कपालमा धेरै खालको समस्या देखिन्छ । यस्तो खालको समस्याको समाधान गर्न धेरै उपायहरु छन्।

१.  हामीले हाम्रो कपाललाई स्याहार पार्लर गएर विभिन्न कस्मेटिक प्रडोकटहरुद्वारा ओइल मसाज थेरापीद्वारा पनि कपालको स्याहार गर्न सकिन्छ भने घरमै बसेर पनि घरेलु विधिहरुद्वारा पनि हाम्रो कपालको स्यहार गर्न सकिन्छ ।

२.  जसरी हाम्रो छाला विभिन्न प्रकारको हुन्छ । त्यसरी नै कपाल पनि ड्राई, ओइली र तेल निस्कीने खाल्को हुन्छ । कुनै त्यस्तै टाउकोमा चाँया परेर पनि धेरै समस्या भइराखेको हुन्छ ।

३. हामीले यी विभिन्न समस्याहरुबाट जोगिनको लागी पनि कपालको स्याहार गनु धेरै जरुरी हुन्छ । सबैभन्दा पहिला त हामीले हप्ताको कमतीघटीमा पनि २पटक कपाल नुहाउनु जरुरी हुन्छ । कपाल नुहाउँदा स्याम्पुले कपालको जरामा पुग्ने गरि स्याम्पु लगाएर हल्का टाउको मसाज गरि नुहाउनु पर्दछ ।

४. टाउको फोहोर भएमा ३पटक सम्म स्याम्पु लगाउनु जरुरी हुन्छ होइन भने २ पटक लगाएर धुनुपर्दछ । त्यस पछि कन्डिसनरले कपालको जरामा नलगाउने खाली जराभन्दा १ इन्च मुनीबाट टुप्पासम्म लगएर २मिनेट राखी पखाल्ने ।

५. सातामा १ पटक डिपकन्डिसनिङ ट्रिटमेन्ट गराउनु पर्दछ । यस्ले कपाललाई हाइड्रेटेड र  नरम राख्छ ।

६. नुहाउनुभन्दा १ घण्टा अगाडी कपालमा लगाउने तेलले मसाज गरी नुहाउदाँ पनि कपाल झर्नबाट रोक्छ  र सुख्खा हुने समस्या र चायाँबाट पनि छुटकारा मिल्छ ।

७. कडाखालको रसायन मिसिएको स्यामपुले केश ड्रयामेज गर्छ सो यस्तो प्रडक्टबाट टाढा रहनु उपयुक्त हुन्छ ।

८. कपाल सुख्खा भएर हाँगा अथवा दुई मुखे केशको समस्या हुने हरुले ५/६ साताको फरकमा केश ट्रिम गराउनुपर्छ ।

९. स्ट्रेटर हट आइरन ड्रायरबाट पनि जोगिनुपर्छ । यस्ले कपाललाई ड्राई बनाउँछ । यसको साथै अल्कोहल युक्त प्रोडक्ट प्रयोग गर्न हुँदैन ।

१०. घरबाहिर निस्किदा आफ्नो कपाललाई स्कालपको प्रयोगले छोपन सकिन्छ ।जस्ले गर्दा हावा ,धुलो,धुवाँ,घामबाट कपाल जोगिन्छ ।

घरेलु टिप्स

१. सुख्खा केश चाँयाको समस्याबाट जोगिन कागतीको रसमा नरिवलको तेल मिसाएर १०/१५ मिनेटसम्म मसाज गरी आधा १ घण्टामा नुहाउने ।यसो गर्द चाँयाको समस्याबाट छु्टकारा पाइन्छ ।

२. कागतीको रस र दहि मिसाएर मास्क तयार गर्ने ।

. यस ऐन्टी ड्रेन्ड्रफ प्याकलाई केस र स्कालपमा लगाउने। ३० देखि ४५ मिनेटसम्म राखेर मन तातो पानीले नुहाउने । दहिले स्कालप सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ ।

रुखो कपालको समस्या कसरी हटाउने ?

१. हाम्रो घरमा रहेको मेथीको दानालाई भिजाउने र त्यसलाई पिसेर केहि थोपा तोरीको तेल मिसाएर ३० देखि ४५ मिनेट सम्म राखी मन तातो पानीले नुहाउने ।

. यस्ले कपाल नरम चम्कीलो बनाउँछ ।

३. ऐलोबेरा जेलमा कागतीको रस केही थोपा मिसाउने । अझ यसमा नरिवालको तेल अथवा ओलिभ ओइल पनि हाल्ने र कपालको जरा देखि टुप्पो सम्म लगाएर मसाज
गर्ने ।

४. त्यसपछि ३० देखि ४५ मिनेट राखेर नुहाउने । यसले कपाल नरम, चम्कीलो र बलियो बनाउँछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ