२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशशैक्षिक भ्रमणमा गएका शिक्षकहरुमा कोरोना संक्रमण, विद्यालय बन्द

शैक्षिक भ्रमणमा गएका शिक्षकहरुमा कोरोना संक्रमण, विद्यालय बन्द


बुटवल—शैक्षिक भ्रमणमा गएका शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि बुटवलको एक सामुदायिक विद्यालय बन्द भएको छ । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि बुटवलस्थित कालिका मानवज्ञान माविको पठनपाठन बन्द गरिएको हो ।

गतसाता सुदूरपश्चिमका विभिन्न स्थानको शैक्षिक भ्रमण गरेर फर्किएका विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । विद्यार्थीहरुमा संक्रमण नहोस् भनेर विद्यालय बन्द गरी अनलाइन कक्षा संचालन गरिएको विद्यालयले जनाएको छ ।

संक्रमण नफैलियोस भनेर बैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको छ । भ्रमणमा गएका शिक्षकहरुमध्ये ७ जनामा कोरोना संक्रमण देखिएपछि गत शुक्रबारदेखि विद्यालय बन्द छ ।

विद्यालयबाट प्रधानाध्यापकसहित करिब १ सय जना शिक्षकहरु शैक्षिक भ्रमणको लागि सुदूरपश्चिम गएका थिए । ती मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र अरु शिक्षकहरु पनि होम आइसोलेसनमा रहेको विद्यालयले छ ।

कालिका मावि यस क्षेत्रको ठूलो सामुदायिक विद्यालयअन्तर्गत पर्दछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ