काठमाडौँ – जाडोयामभन्दा गर्मी मौसम अधिकांशको रोजाइमा पर्छ। गर्मी बढेसँगै रोगहरुको खतरा पनि निम्तिने गर्छ। यस्तोमा हामीले स्वास्थ्यमा एकदमै ध्यान दिनुपर्ने हुन्छ।
आउनुहोस जानौं गर्मी मौसममा कुन-कुन रोगको खतरा बढ्छ ?
हिट स्ट्रोक
गर्मी मौसममा हिट स्ट्रोक प्राय धेरै घाममा बस्ने कारणले हुने गर्छ। न्यूबर्ग डायग्नोस्टिक्सको एक रिपोर्ट अनुसार हिट स्ट्रोकले टाउँको दुख्ने, कमजोरी, मांसपेसीमा दुख्ने, ज्वरो आउने जस्ता समस्या हुन्छ। यसकारण यस्तो मौसममा सावधानी अपनाउनु पर्ने हुन्छ।
डिहाइड्रेशन
यो गर्मी मौसममा हुने सबैभन्दा आम समस्या हो। यस मौसममा प्राय शरीरमा पानीको कमि हुन्छ जसले मानिस डिहाइड्रेशनको शिकार हुने गर्छन। खासमा गर्मीमा पसीना धेरै आउँछ र यसको मद्दतले शरीरबाट धेरै पानी बाहिर आउँछ। जसकारण डिहाइड्रेशनको समस्या हुन्छ। आफुलाई हाइड्रेट राख्नको लागि समय-समयमा पानी पिउनु जरुरी हुन्छ।
फूड पोइजनिङ्ग
गर्मीमा सबैभन्दा बढी देखिने समस्या भनेको फूड पोइजनिङ्ग हो। जुन दुषित खाना र पानीको सेवनको कारण हुने गर्छ। न्यूबर्ग डायग्नोस्टिक्सको अनुसार यस मौसममा गर्मीको कारण ब्याक्टेरिया बढ्ने गर्छ खाना र पानी दुषितहुने गर्छ। यसकारण मौसममा बासी खानाबाट बच्नुहोस।
जनै खटिरा
गर्मीमा मानिस बढी जनै खटिराको शिकार हुने गर्छन। यसले शरीर चिलाउने, फोका उठ्ने गर्छ। कसैलाई भने भोक नलाग्ने र ज्वरो आउने पनि गर्छ।
-एजेन्सी