२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यफाइजरको खोप सुरक्षित र शत प्रतिशत प्रभावकारी भएको दावी

फाइजरको खोप सुरक्षित र शत प्रतिशत प्रभावकारी भएको दावी


औषधी निर्माण कम्पनी फाइजरले आफ्नो खोप ट्रायलमा सय प्रतिशत प्रभावकारी देखिएको दावी गरेको छ। बुधबार कम्पनीले भन्यो, ‘हाम्रो   भ्याक्सिन १२ देखि १५ वर्ष उमेरका समुहमा गरिएको क्लिनिकल परीक्षणमा १०० प्रतिशत सुरक्षित र प्रभावकारी देखिएको छ।’

फाइजरको खोपलाई १६ वर्ष उमेरसमुहको लागि उक्त खोप प्रयोगको लागि अनुमति पाइसकेको छ। फाइजरका अनुसार अमेरिकामा १२ वर्ष देखि १५ वर्षसम्मको भोल्युनटर्सबीचमा भएको अध्धयनको सुरुवातको तथ्याङ्कअनुसार भ्याक्सिन लगाउनेहरुमा कोहि पनि संक्रमित पाइएको छैन।

कम्पनीले बालबालिकामा पनि दोस्रो डोज पछि वयस्कको जस्तै सामान्य साइड-इफेक्ट देखिएको जानाएको छ। अध्ययनमा सहभागीहरुमा २ वर्षसम्म निगारनी राखिने र त्यसले कतिको सुरक्षा मिल्छ भन्ने जानकारी मिल्ने कम्पनीले उल्लेख गरेको छ।

– एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ