२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकानपुरको कार्डियोलोजी अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु

कानपुरको कार्डियोलोजी अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु


कानपुर-उत्तर प्रदेशको कानपुरस्थित कार्डियोलोजी अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार विहान अस्पतालको पहिलो तलामा आईसीयु र जनरल वार्डमा आगलागी हुँदा २ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आगलागीका बेला आईसीयुमा ९ जना र जनरल वार्डमा १४० जना बिरामीले उपचार गराइरहेका थिए । उद्धारका क्रममा दुई जनाको मृत्यु भएको हो । दुवै वार्डका बाँकी १ सय ४७ जनालाई भने अर्को भवनमा सारिएको छ ।

एसीपी महेन्द्र सिंहकाअनुसार ग्राउण्ड फ्लोरबाट सबैलाई सुरक्षित बाहिर निकालिएको छ । पहिलो तलामा ९ जना बिरामी फसेको सूचना पाएपछि स्थिती काबुमा लिइएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ