२०८२ वैशाख ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटसिद्धार्थ बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकमा छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकमा छुट पाउने


काठमाडौं– सिद्धार्थ बैंकका ग्राहकलाई डायग्नोस्टिकको सेवामा छुट दिने भएको छ। आफ्नो ग्राहकलाई जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकको सेवामा छुट दिन लागिएको हो।

सिदार्थ बैंक र सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार सेवाग्राहीले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्फत भुक्तानी गर्दा इन हाउस प्याथोलोजी सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकको अनुसार उक्त सेवाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्नेछ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ