२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा हिमाल आँखा अस्पताल संचालनमा, अत्याधुनिक उपकरणबाट सेवा दिइने

विराटनगरमा हिमाल आँखा अस्पताल संचालनमा, अत्याधुनिक उपकरणबाट सेवा दिइने


विराटनगर—विराटनगर महानगरपालिका भित्र हिमाल आँखा अस्पताल सञ्चालनमा आएको छ । विराटनगर–१४ स्थित मलाया रोडस्थित गौशाला चोकमा बिहीबारदेखि हिमाल आँखा अस्पताल सञ्चालनमा आएको हो ।

आँखाको सम्पूर्ण उपचार गरिने सो अस्पतालमा अन्य अस्पतालभन्दा गुणस्तरीय सेवा प्रवाह हुने अस्पतालले जनाएको छ । अत्याधुनिक नवीनतम प्रविधियुक्त अस्पताल शिवरात्रीको अवसर पारेर सञ्चालनमा आएको हो । अस्पतालमा ५ जना साझेदारहरुको संयुक्त लगानी रहेको छ ।

अस्पतालका सञ्चालक एवं संरक्षण तेजलाल कर्णकाअनुसार हिमाल आँखा अस्पतालले विराटनगरमै पहिलो पटक अर्थोटिक इभ्यालुसन सेवा भित्र्याएको छ । नेत्ररोग विशेषज्ञ डा. शौरभ पियाले अस्पतालमा सेवा दिनेछन् । अस्पतालबाट ओपिडी, आकस्मिक, मोतियाबिन्दु शल्यक्रिया, फार्मेसी र ल्याब सेवा प्रवाह गरिने सञ्चालक कर्णको भनाइ छ । अन्य अस्पतालभन्दा सस्तो र भरपर्दो उपचार सेवा गर्ने उद्देश्यका साथ आँखा अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

विश्वमा उत्कृष्ट मानिने उपकरणमार्फत आँखाको उपचार गरिने उद्देश्यले सञ्चालनमा ल्याइएको यस अस्पतालले तुलनात्मक रुपमा खर्च पनि कम लाग्ने जनाएको छ । ‘अस्पतालमा अत्याधुनिक उपकरणहरू ल्याइएको छ,’ संचालक कर्णले भने, ‘विशेषज्ञ चिकित्सकहरूले अत्याधुनिक उपकरणहरू प्रयोग गरी आँखाको सबै उपचार यहाँ हुनेछ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ