२०८१ फागुन २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब

आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब


काठमाडौं–सरकारले आगामी वर्षको स्वास्थ्यतर्फको बजेट सिलिङ तोकेको छ । राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयलाई आगामी वर्षको बजेट ६३ अर्ब ८६ करोड ९५ लाखको सीमामा रहेर तयार गर्न निर्देशन दिएको छ ।

जसमा ४४ अर्ब ४८ करोड ६८ लाख चालु खर्च र १९ अर्ब ३८ करोड २७ लाख पुँजीगततर्फ खर्च विनियोजन गर्न भनिएको छ ।

सो बराबरको सिलिङको रकम नेपाल सरकारबाट ३४ अर्ब ६१ करोड ६७ लाख, वैदेशिक अनुदानबाट १३ अर्ब ८७ करोड ९१ लाख र वैदेशिक ऋणबाट १५ अर्ब ३७ करोड ३७ लाख स्रोत जुटाइने उल्लेख छ ।

त्यसैगरी, आर्थिक वर्ष ७९÷८० का लागि ६६ अर्ब ३५ करोड ७७ लाख र ०८०÷८१ का लागि ७० अर्ब ६६ लाखको सिलिङ तोकिएको छ ।

पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब

यस वर्षको बजेट निर्माणमा स्वास्थ्य बिमातर्फको ७ अर्ब ५० करोड रकम र स्वास्थ्य पूर्वाधार तर्फको १६ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ स्रोत सुनिश्चितता भइसकेको हुँदा त्यो घटबढ गर्न नपाइने गरी बजेट विनियोजनका लागि स्वास्थ्य मन्त्रालयलाई सिलिङ तोकिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ