मार्च महिनालाई विश्वव्यापी रुपमा ठूलो आन्द्राको क्यान्सर स्क्रीनिङ सचेतना महिनाका रुपमा लिइन्छ । यो क्यान्सर सामान्यतयाः अरु क्यान्सरजस्तै लक्षण हुन्छन् ।
पहिला देखिएको पोलिव (मासुको गाँठो)बाट नै क्यान्सर बन्ने हो । त्यसलाई पत्ता लगाउन क्लोनोस्कोपीको माध्यमबाट सम्भव छ । पहिला नै पोलिवको पहिचान गर्न सकियो भने क्यान्सरबाट बच्न सकिन्छ । मानौं, क्लोनोस्कपीको सुविधा गाउँघरमा छैन भने त्यो ठाउँमा निमयित रुपमा दिशामा रगत छ वा छैन भन्ने परीक्षण मात्र गर्न सकियो भने पनि क्लोनोसकोपी गर्न सुझाव दिन सक्छौं ।
हामीले अहिले विश्वव्यापी रुपमा कोभिड भ्याक्सिन लगाइरहेका छौँ । कोभिड नहोस भनेर हामीले खोप लगाइरहेका छौँ । म के सुझाव दिन चाहन्छु भने जसको परिवारमा कसैलाई पहिला क्यान्सर भएको छ भने र निश्चित उमेरपछि सम्बन्धित ठाउँमा गएर क्लोनोस्कोपी गर्न सक्यो भने क्यान्सर लाग्नबाट बच्न सकिन्छ । यसको सुविधा छैन भने दिशा परीक्षणमात्र भएपनि गराउनु उचित हुन्छ । यो परीक्षण महंगो छ ।
त्यसैले नागरिकहरुका लागि सरकारले यो सुविधा निःशुल्क दिनुपर्छ । यसतर्फ सरकारले विशेष ध्यान दिन जरुरी छ । सरकारले यो परीक्षणको सेवा दिन सकेमा परीक्षण सस्तो बनाउन सकिन्छ र यो क्यान्सरबाट हुन नदिनबाट धेरैलाई जोगाउन सकिन्छ ।
ठूलो आन्द्राको क्यान्सरका कारण र लक्षणहरु
यसको एउटा कारण वंशाणुगतको कारण हुन्छ । त्यसबाहेक हाम्रो जीवनशैली कस्तो छ भन्ने कुरामा पनि भर पर्छ । जस्तैः बढी मात्रामा रेड मिट (खसीको मासु, राँगाको मासु पोलेर खाँदा), धुम्रपान, मद्यपान र अत्याधिक नुन खाने, अझ मधुमेह रोगीहरुमा बढी ठूलो आन्द्राको क्यान्सर हुने जोखिम हुन्छ ।
खाना खान मन नलाग्नु, दुब्लाउनु सामान्य लक्षणमा पर्छन् भने दिसाबाट रगत आउनु, पेट दुख्नु, दिसा लाग्दा आउँ झर्नु यसको गम्भीर लक्षण हुन् ।
दिसाबाट रगत आउने, वजन घट्ने जस्ता लक्षण भएका बिरामी अस्पताल गएर परीक्षण गर्नुपर्छ । त्यसमा हामीले इन्डोस्कोपीमार्फत उपचार सुरु गर्छौं ।
उपचार
यसको उपचार गर्दा प्रारम्भिक चरण छ भने समय मै उपचार हुँदा ठिक पनि हुनसक्छ । प्रथम चरणमा नै आन्द्रामा हुने सानो पोलिव (मासुको गाँठो) लाई काट्न मिल्छ । तर, अन्य चरणमा छ भने अन्य क्यान्सरको जस्तै किमोथेरापी, रेडियोथेरापी सर्जरी गरिएको अघिपछि हेरेर नै हामी बिरामीलाई सुझाव दिन्छौं ।