काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार सम्हालेको तीन वर्षका उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले सिंहदबारस्थित मन्त्रिपरिषद्को कार्यलयको प्राणगणबाट एक कार्यक्रममार्फत आफ्नो सरकारका उपलब्धिहरु सार्वजनिक गरेका हुन् ।
ओलीले सत्ता सम्हालेको १ हजार ९३ दिनमा स्वास्थ्य क्षेत्रमा पनि विविध काम भएको फेरिहस्त प्रस्तुत गरेका छन् । जसमा कोभिड—१९ नियन्त्रणदेखि खोप अभियानसम्मका कुराहरु समेटिएका छन् ।
१) स्वास्थ्य संस्थाः १ सय १५ थपसहित ६९८ निर्माण सम्पन्न
२) २१ लाख बढीको पिसीआर परीक्षण भइसकेको र परीक्षण जारी रहने ।
३) शुन्यबाट ८३ पीसीआर ल्याब पुगेको
४) माघ महीनाको अन्त्यसम्मको प्रतिवेदनअनुसार संक्रमित संख्या २७२,५५७ छ । यो संक्रमण दर कूल जनसंख्याको १ प्रतिशतभन्दा कम रहेको छ । निको हुने दर ९८.६ प्रतिशत छ । कोभिड–१९ को मृत्युदर करिब १ प्रतिशत छ । सरकारले कोभिड–१९ बिरुद्धको उपचार निःशुल्क गर्ने व्यवस्था मिलायो । मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढीको मृत्यु अस्पतालमा नै भएको छ ।
५) कोभिड–१९ का संक्रमितलाई आईसीयु र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने हुनसक्छ भनी छुट्याइएका थियौं । तर हामीले गरेकोतयारीको तुलनामा आईसीयु प्रयोग गर्ने र भेन्टिलेटरमा राख्नु पर्ने कोभिडका विरामीको संख्या निकै न्यून
रहेको छ ।
६) अहिले हामी सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने चरणमा छौँ । विश्वमा कोभिड–१९ बिरुद्धको खोप लगाउन प्रारम्भ गरिएको एक डेढ महिनाभित्रै हामीले यो खोप लगाउन प्रारम्भ गरेका छौं । यसरी खोप अभियान शुरु गर्नेमा नेपाल, दक्षिण एशियामै दोस्रो मुलुक भएको छ । माघ ३० गतेसम्म खोप लगाउनेको संख्या १ लाख ८८ हजार ९८३ पुगेको छ ।
७) अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध ६४९० सैय्यामा ३८.४ प्रतिशत अर्थात २ हजार ४ सय ९२ थप गरिएको । अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध कुल सैय्या ८९८२ पुगेको ।
८) ३९० स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकै पटक शिलान्यास । आगामी दुई वर्षभित्र सम्पन्न हुने स्थानीयस्तरका यी अस्पतालहरुमा थप ८ हजार सैया उपलब्ध हुनेछन् ।
९) अर्को वर्ष थप २०४ स्थानीयस्तरका अस्पताल निर्माण सुरु हुने ।
१०) आईसीयु सैय्या ४ सय, भेन्टिलेटरसहितको सैय्या ३ सय र उच्च निर्भरता (हाइ डिपेन्डेन्सी)का लागि २ हजार सैय्या थपिएको ।
११) कोभिड—१९ को महामारीको सामना गर्ने क्रमसँगै केन्द्रमा ३ सय वेड र सबै प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल निर्माण गर्न प्रक्रिया प्रारम्भ गरिएको ।