गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर जीवन लामा सोमबार, २०७७ माघ २६ गते, १२:३५ मा प्रकाशित दोलखा – तारादल गण दोलखाले पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर दर्शनको लागि आएका भक्तजन तथा पर्यटकहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उच्चभूभागमा ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि दोलखाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । कालिञ्चोक क्षेत्रमा शुक्रबारदेखि व्यापक हिमपात भैरहेको छ । हिमपात भएसँगै काठमाडौँ तथा तराईका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु हिउँ खेल्न कालिञ्चोक पुग्ने गर्दछन् । ३७४२ मिटरको उच्च ठाउँमा पुग्दा लेक लाग्ने र पर्यटकहरुलाई समस्या हुने भएको हुँदा सहज गराउने उद्देश्यले स्वास्थ्य शिविर राखिएको क्याप्टेन रोशन बस्नेतले जानकारी दिए। तारादल गण दोलखा र चरिकोट अस्पतालसँगको सहकार्यमा पर्यटकहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन भएको थियो । कालिञ्चोक भगवती मन्दिर नजिक रहेको कुरी बजारमा तारादल गणबाट अधिकृतको कमाण्डमा उक्त स्वास्थ्य शिविरबाट हाई अल्टिच्यूट एक्वाईट माउण्टेन सिकनेस लागेका ६० जना बिरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । दोलखाको उच्च क्षेत्रमा केहीदिन देखिको मौसम परिवर्तनसँगै परेको हिमपात र पर्यटकीय क्षेत्रमा पर्यटकहरुको चापलाई मध्येनजर राखि स्वास्थ्य शिविर सञ्चालन गरिएको तारादल गणले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ५ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ६ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं शवासन कसरी गर्ने ? के छन् फाइदा ? कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं शवासन कसरी गर्ने ? के छन् फाइदा ? कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग