हलिउडकी गायिका केटी प्राइसको जेठा छोरालाई कोरोना खोपको गम्भीर असर देखिएपछि अस्पताल पुर्याइएको छ।
शुक्रबार अक्सफोर्ड/एक्स्ट्राजेनेकाको खोप लगाएका उनको १८ वर्षीय छोराको स्वास्थ्य अवस्था विग्रिएपछि लन्डनको ग्रेट अरमण्ड स्ट्रीट अस्पताल अस्पताल लागिएको हो।
हार्वेका परिवारको सुत्र अनुसार उनलाई अस्पताल ल्याउनु अघि अन्यन्त्रित रुपमा कामिरहेका थिए। उनको शरीरको तापक्रम बढेर ३९.९ डिग्री पुगेको छ।
उनको एक्स-रे हेरेपछि कोरोना खोपबाट नै स्वास्थ्यमा समस्या देखिएको डाक्टरहरुले दावी गरेका छन्।
गायिका केटीले छोरालाई सामान्य एलर्जी भएको भन्दै सम्झाएकी थिइन्। उनी हार्वेको स्वास्थ्यलाई लिएर सधै चिन्तित रहने गरेको एक अन्तरवार्तामा बताएकी छिन्।
हार्वेमा एडीएचडी, अटिज्म, आनुवांशिक अवस्था प्रादर-विलिल सिन्ड्रोम र सेप्टो-अप्टिक डिसप्लासिया जस्ता स्वास्थ्य समस्या छन् जसले आँखालाई अन्धो बनाउँछ।
उनलाई चौथो चरणमा खोप लगाइएको हो। खोप लगाउने सो देशका उनी सबैभन्दा कम उमेरका व्यक्ति भएको गायिका केटीले बताइन।
-एजेन्सी