गृहपृष्ठ ∕ समाचार ∕ डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो हेल्थ आवाज बिहीबार, २०७६ भदौ १२ गते, ११:०२ मा प्रकाशित काठमाडौं—देशभर तीब्र रुपमा डेंगुको संक्रमण फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको रुप लिएको निष्कर्ष निकालेको छ । स्रोतकाअनुसार डेंगुले महामारीको रुप लिएको निष्कर्षपछि स्वास्थ्य मन्त्रालय ११ बजे आपतकालीन बैठक बोलाएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको उपेन्द्र यादवको विशेष चासोमा आपतकालीन बैठक बोलाइएको हो । विज्ञहरुले डेंगुले महामारीको रुप लिएको भन्ने सुझावका आधारमा बैठक बोलाइएको स्रोत जनायो । आपतकालीन बैठक बोलाइएको कुरा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले समेत पुष्टि गरे । उनले डेंगु फैलावटको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेको उल्लेख गर्दै बृहत छलफलका लागि बैठक बोलाइएको पुष्टि गरे । ‘डेंगुको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेकाले बृहत छलफलका लागि बैठक बोलाइएको हो,’ उनले भने । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ताजा तथ्यांकअनुसार देशभर झण्डै ४ हजार बढीमा डेंगु रोगको संक्रमण देखिएको बताइएको छ । साउन १ देखि भदाै ११ गतेसम्ममा मात्रै देशभर १५३७ जनामा डेंगु देखिएको छ । अहिलेसम्म डेंगुबाट देशभर ३ जनाको मृत्यु भैसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द प्रदेश २ मा थपिए ९६ संक्रमित, संक्रमितको संख्या ४९६ पुग्यो स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द प्रदेश २ मा थपिए ९६ संक्रमित, संक्रमितको संख्या ४९६ पुग्यो स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय