२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यखोप लगाउनु अघि स्वस्थ रहेका चिकित्सकको फाइजरको खोप लगाएको १६ दिनपछि निधन

खोप लगाउनु अघि स्वस्थ रहेका चिकित्सकको फाइजरको खोप लगाएको १६ दिनपछि निधन


अमेरिकाका एक चिकित्सकको फाइजरको खोप लगाएको १६ दिन पछि निधन भएको छ । मियामी शहरमा बस्ने ५६ वर्षीय ग्रेगरी माइकलले गत १८ डिसेम्बरमा खोप लगाएका थिए। खोप लगाउनु अघि पुरै स्वस्थ रहेको उनकी श्रीमती हेइदी नेकेलमानले बताइन।

उनले भनेकी छिन्, ‘चिकित्सक पुरै स्वस्थ थिए। उनी चुरोट पनि पिउदैनन्। कहिलेकाहिँ रक्सि पिउनु हुन्थ्यो। व्यायाम गर्ने र समुन्द्रमा चक्कर लगाउने गर्थे । उनीहरुले मेरो श्रीमानको सबै परीक्षण गरे। यहाँसम्मकी क्यान्सरको पनि । तर रिपोर्टमा केहीमा पनि खराबी देखिएन ।’

यस्तो भन्छ फाइजर कम्पनी

अमेरिकी चिकित्सकको मृत्यु भएपछि फाइजर कम्पनीले आफ्नो स्पष्टीकरण दिएको छ। ‘चिकित्सक ग्रेगरीको असामायिक निधन भयो। यसबारे अझै जाँच गर्दैछौं।’ ,कम्पनीका प्रवक्ताले भने, ‘यस समय हामी उनको मृत्यु र भ्याक्सिनबीच सिधा सम्बन्ध भएको मान्दैनौं।’

यता, डा. ग्रेगरीको खोप लगाउने बितिकै कुनै साइड इफेक्ट नदेखिएको बताइएको छ। तर उनको परिवारजनको अनुसार उनले ३ दिन अघि हात र खुट्टामा रगत जमेको देखेका थिए । त्यसपछि उनले आफै माउन्ट सिनाइ मेडिकलमा जाँच गराए । त्यहाँको रिपोर्टमा प्लेटलेटको कमी देखाएको थियो। सोहि अस्पतालबाट उनले खोप लगाएका थिए।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ