२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलनर्सिङकी युवा नेतृ विमला : जो राजनीतिलाई पेशा होइन्, सेवा बनाउनुपर्ने जोड दिन्छिन्

नर्सिङकी युवा नेतृ विमला : जो राजनीतिलाई पेशा होइन्, सेवा बनाउनुपर्ने जोड दिन्छिन्


गोलो सुन्दर अनुहार ।  त्यसमाथि जब ओठमा आकर्षक मुस्कान भरिन्छ, कुनै मोडलजस्ती देखिन्छिन् । विछट्टै राम्री । हुनत उनी मिस नर्सकी पूर्व ‘पार्टिसिपेन्ट’ हुन् । तर, उनको ब्यक्तित्वका लागि यति परिचय मात्रै काफी छैन् । उनी एक लिडर हुन् । लिडर नभनौं युथ लिडर । त्यो पनि त्रिवि चिकित्सा अध्ययन संस्थानअन्तर्गतको महाराजगन्ज नर्सिङ क्याम्पसकी ।

यतिबेला देशमा राजनीतिप्रति युवाको मोहभंग भैरहेको छ । त्यही मोहभंग र वितृष्णाबीच यी २९ वर्षे युवा नेतृ फरक धारमा हिड्न खोजिरहेकी छिन् । उनमा राजनीतिलाई लिएर सकारात्मक उर्जा प्रवाह हुन्छ । सानै र थोरै सही । उनले केही सकारात्मक प्रयासको थालनी गरेकी छिन् । उनी अग्रसर दिशा, उनको सोच । त्यो भन्दा बढी उनमा रहेकोे ‘राजनीतिक पेशा होइन्, समाजसेवा’ भन्ने चेत । सबैभन्दा ठूलो पक्ष हो ।

उनको नाम हो—विमला धमला । महाराजगन्ज नर्सिङ क्याम्पसकी स्ववियु सभापति । ०७३ सालमा भएको स्ववियु निर्वाचनमा अत्याधिक मत ल्याएर विजयी भएकी यी युवा नेतृको जन्म ओखलढुंगाको बेतेनीमा भएको हो । बुवा भोलानाथ धमला र आमा जमुनादेवी धमलाको कोखबाट मध्यवर्गीय परिवारमा जन्मिएकी उनको बाल्यकाल सामान्य तवरमा बित्यो । ‘सामान्य परिवार थियो,’ उनले सुनाइन्, ‘हजुरबुवाहरु सबै किसान हुनुहुन्थ्यो ।’ उनका बुवा भने पढेलेखेपछि सरकारी जागिरे भएँ ।

बाल्यकाल पनि उनको सामान्य रुपमा बित्यो । बुवा सरकारी जागिरे भएकाले उति साह्रो घरमा हुँदैन्थे । आमा र एकजना भाईसँगैं उनको

बाल्यकाल पनि गाउँमै बित्यो । घर नजिकैको स्कुलमा जाने र भाइको रेखदेख गर्ने उनको मूल दायित्व थियो । ‘सानैदेखि एकदमै ब्यवहारिक थिएँ,’ मुस्कुराउँदैं उनले सुनाइन्, ‘बाल्यकाल रमाइलो नै थियो ।’ आम गाउँमा बस्ने मानिसहरुझैं उनी पनि भाइलाई हेर्ने, खाना पकाउने, भैसीलाई घाँस हाल्ने, पानी भर्नेजस्ता घरभित्रका सबै कामहरु गर्थिन् । जसले उनकी आमालाई घरबाहिरको काम गर्न सहज हुन्थ्यो ।

बुवा सरकारी जागिरे भएको बेनिफिट विमलालाई प्राप्त भयो । उनले ५ कक्षासम्म स्थानीय पुण्यमाता माविमा अध्ययन गरेपछि काठमाडौं आउने अवसर पाइन् । ‘त्यतिबेला म १० वर्षकी थिएँ,’ उनले सम्झिइन् । काठमाडौं आएपछि विमला कोटेश्वरको सरस्वती स्कुलमा भर्ना भइन् । २०६२ सालमा उनले त्यही स्कुलबाट फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् । सानैदेखि विभिन्न संघ, संगठनमा सक्रियता देखाउने विमलाको स्वभाव थियो । उनी ४ कक्षामा पढ्दैं जुनियर स्काटउ सर्कलकी आवद्ध भैसकेकी थिइन् । ‘स्काउटमा लाग्दाखेरि नै मन बुष्टअप भएको थियो,’ उनले सुनाइन्, ‘सोसल समूहका काम गर्दा र सक्रिय रहँदा मेरो ब्यक्तिगत दायरा फराकिलो बन्दैं गयो ।’

विमलामा सानैदेखि कोमल मन र सेवाभाव थियो । त्यसैले उनी नर्सिङ पढ्न चाहन्थिन् । उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत नर्सिङको इन्ट्रान्स दिइन् । छात्रवृत्तिमा नाम निस्किएपछि उनी पिसिएल नर्सिङ पढ्न वीरगन्ज गइन् । विमलाले वीरगन्ज नर्सिङ क्याम्पसबाट २०६७ सालमा पिसीएल उत्तीर्ण गरिन् । तीन वर्षमा वीरगन्ज पिसिएल नर्सिङ सकेपछि उनी काठमाडौं फर्किइन् । काठमाडौं मेडिकल कलेजमा एक वर्ष आइसीयुमा काम गरेपछि उनको शिक्षण अस्पतालमा २०६९ नाम निस्कियो । उनले दुई वर्ष इमर्जेन्सीमा काम गरिन्, एक वर्ष ओटीमा रहेर सेवा गरिन् ।

साथीहरूसँग विमला बायाँबाट दोस्रो

त्यही क्रममा थप उच्च शिक्षाका लागि त्रिवि चिकित्सा अध्ययन संस्थानमा बीएनएस ०७२ लागि इन्ट्रान्स दिइन् । त्यसमा पनि उनको छात्रवृत्तिमै नाम निस्कियो । ‘मैले अहिलेसम्म सबै छात्रवृत्तिमै अध्ययन गरे,’ उनले भनिन्, ‘त्यो पनि सरकारीमा । अहिलेसम्म प्राइभेट पढेकी छैन् ।’ विमला यही बीचमा नर्सिङबाहेक अन्य विषय जनसंख्या र पोलिटिकल साइन्समा ब्याचलर्स गरिन् भने एलएलबीको पढाइ पनि अन्तिम चरणमा पुगेको छ ।

राजनीतिमा पनि उतिकै रुची राख्ने विमला राजनीतिलाई पेशा नभै सेवाका रुपमा आफूले बुझेको बताउँछिन् । ‘मेरो प्रोफेसन भने यही रहन्छ,’ उनी स्पष्ट देखिइन्, ‘पछि म राजनीतिमा गए भनेपनि त्यो सर्विस हुनेछ ।’ एकातिर रुची र अर्कोतिर आम मानिसहरु समस्याप्रति संवेदनशील हुने बानी, समूहलाई नेतृत्व गर्ने क्षमताजस्ता कारणले उनी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज नर्सिङ क्याम्पस नर्सिङ लिडरका रुपमा उदाइन् ।

परिणाम नै मान्नुपर्छ, २०७३ सालमा भएको त्रिवि चिकित्सा अध्ययन संस्थानको स्ववियु निर्वाचनमा अत्याधिक मत ल्याएर उनी सभापति निर्वाचित भइन् । नर्सिङ क्याम्पसको कुल ३ सय ६० मध्ये ३ सय ३५ भोट खसेको थियो । जसमध्ये विमलाले २ सय १८ मत ल्याइन् । ‘क्लासमा सबैजनालाई लिडिङ नै गरिरहेकी हुन्थे,’ उनले अधिकांशले आफूलाई मतदान गर्नुको कारण खोलिन् । साथीहरुलाई केही प¥यो भने सहयोगका लागि जुटिहाल्ने उनको स्वभावले पनि धेरैलाई विमला प्रेमी बनाएको थियो । केही समस्या आउँदा पनि उनी हमेशा त्यसलाई समाधान गर्नका लागि अग्रपंक्तिमा रहन्थिन् । क्याम्पसका कार्यक्रम तथा सार्वजनिक मञ्चहरुमा पनि उनको सक्रियता उतिकै हुन्थ्यो । विमलाका यस्तै ब्यवहारहरुले महाराजगन्ज नर्सिङ क्याम्पसमा धेरैलाई उनीप्रति आकर्षिक बनाएको थियो ।

सेवाभाव, समर्पण त एकातिर छदैंछ, उनमा नेतृत्व गर्न सक्ने क्षमता पनि गज्जबको छ । आफ्नो नेतृत्व क्षमता अभिवृद्धि हुनमा विमला मिस नर्समा २०१७ मा भाग लिनुलाई मान्छिन् । त्यसले ब्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको उनको अनुभव छ । ‘तिनै ब्यवहार र शैलीका कारण साथीहरु मलाई रुचाउथे,’ स्ववियु सभापति जित्नुको कारण खुलाउँदैं भनिन्, ‘त्यसमा मेरो ब्यक्तिगत क्षमताले पनि भूमिका खेल्योजस्तो लाग्छ ।’

महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापति जितेपछि विमला आफ्ना चुनावी प्रतिवद्धता पूरा गर्ने काममा लागेकी छिन् । शुल्क, परीक्षा जुधेका साथीको समस्या समाधान, बिएस्सी नर्सिङको सिट संख्या वृद्धि, क्यान्टिनमा सुधार, खानेपानी समस्या सुधार, बायाँ हाते विद्यार्थीहरुका लागि छुट्टै डेस्क बेन्चको ब्यवस्थापन, ड्रेसमा परिवर्तन उनको अगुवाईमा भएका मुख्य परिवर्तन हुन् । ‘साडीमा ड्रेस थियो, म्यामहरु पनि पहिचानका रुपमा यसलाई हेर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘तर, अहिलेका कतिलाई त साडी पनि लगाउन आउदैन्, त्यसकारण पुरानो ड्रेस समस्या भैरहेको थियो, हामीले परिवर्तन ग¥यौं ।’ स्ववियुकै पहलमा त्यो परिवर्तन सम्भव भएको उनको दाबी छ ।

स—साना सुधारको अगुवाई गर्ने एक क्याम्पसकी स्ववियु नेतृ मुलुकमा ठूला सुधार गर्नुपर्ने दायित्व बोकेका नेताहरुलाई के सुझाव दिन्छिन् त ? ‘निर्वाचनका बेलामा प्रसार—प्रसारदेखि नै निड एसेसमेन्ट गर्नुपर्ने र त्यहीअनुसार हेरेर एजेण्डा बनाउनुपर्छ,’ उनको सुझाव छ, ‘ निर्वाचन जितेपछि वा कुनै पोष्टमा पुगेपछि चुनावमा जनतामाझ लगिएका एजेण्डा र घोषणापत्र उल्लेख गरेअनुसार काम गर्नुपर्छ ।’ पोष्टमा पुगेपछि कतिले आफ्ना एजेण्डा बिर्सने गरेका बताउँदैं उनले त्यस्तो राजनीतिक संस्कारले देश नबन्ने बताइन् । आफूहरुले स्ववियु निर्वाचनमा अगाडि सारेका एजेण्डाहरु परिपूर्ति गरेको उल्लेख गर्दै उनले देश बनाउने हो भने नेताहरुले पनि जनतालाई देखाएका सपना पूरा गर्नुपर्नेमा जोड दिइन् । ‘सुधार भनेको तल्लो जनताले महसुस गर्नुपर्ने तहबाट गर्नुपर्ने हो,’ उनले भनिन्, ‘जनताले महसुस गर्ने सुधारका लागि उनीहरुको आवश्यकतालाई प्राथमिकता हेरेर त्यसलाई पूरा गर्दै जानुपर्छ । त्यो अहिलेका नेताहरुले एकदम सिक्नुपर्ने कुरा हो ।’

सुन्दर अनुहारकी धनी विमलाका ब्यक्तिगत रुचीहरु के होलान त ? भन्छिन्, ‘घुम्न, नयाँ साथीहरु बनाउन र गुप्रिज्म गरेर नयाँ—नयाँ समसामयिक विषयमा बहस चलाउन र भ्युजहरु बुझ्न मलाई असाध्यै मनपर्छ ।’ त्यसैले फुर्सदको समयमा उनी कि घुम्न निस्किन्छन्, की कविता लेख्छिन् । आफन्तलाई भेटघाट, शुभचिन्तकलाई जमघटमा रमाउँछिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ