२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाको नयाँ भेरिएन्टको केस भारतमा पनि, ६ जनामा पोजेटिभ

कोरोनाको नयाँ भेरिएन्टको केस भारतमा पनि, ६ जनामा पोजेटिभ


ब्रिटेनमा देखिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन भारतमा पनि देखिएको छ। ब्रिटेनबाट फर्किएका ६ जनामा नयाँ भेरिएन्टको भाइरस पुष्टि भएको हो।

सो केस पुष्टि हुने बितिकै संक्रमितहरुलाई आइसोलेशनमा राखिएको छ। तर उक्त स्ट्रेनले संक्रमणदर र मत्युदरमा कुनै फरक पार्दैनतर ७० प्रतिशत भन्दा बढी संक्रामक भने हुन जान्छ ।

बेलायतमा नयाँ स्ट्रेन देखिने बितिकै कयौं देशमा बेलायतको आवाजजावतमा रोक लगाइएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गएको २० डीसेम्बरमा भने कि लन्डन सहित कयौं क्षेत्रमा कोरोनाको नयाँ स्वरूप देखिएको छ। जुन पहिला भन्दा बढी संक्रामक छ। सो बयान पछि त्यहाँ लकडाउन गरिएको हो।
-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ