२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाको नयाँ भेरियन्टका जापानमा ५ केस र फ्रान्समा १ केस देखियो

कोरोनाको नयाँ भेरियन्टका जापानमा ५ केस र फ्रान्समा १ केस देखियो


काठमाडौं-बेलायतमा देखिन सुरु गरेको कोरोना भाइरसको नयाँ भेरियन्टका केसहरु विश्वका अन्य देशहरुमा देखिन थालेका छन् । बेलायतपछि उक्त भेरियन्टका ५ केस जापानमा देखिएका छन् ।

जापानमा नयाँ भेरियन्टका केस देखिएकाहरु पछिल्लो हप्तामात्रै बेलायतबाट फर्किएका थिए । जापानमा उनीहरुलाई उच्च सतर्कतामा राखेर कन्ट्याक्ट ट्रेसिंग सुरु गरिएको छ । बेलायतमा देखिएको कोभिडको नयाँ भेरियन्ट तीब्र गतिमा फैलिन्छ ।

यस्तै, कोभिड १९ को परिवर्तित भेरियन्टको एक केस फ्रान्समा पनि देखिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

यस्तै, दक्षिण अफ्रिकामा पाइएको कोभिड १९ को नयाँ भेरियन्ट बेलायतमा पाइएको परिवर्तित कोरोना भेरियन्टभन्दा पनि अलग रहेको बताइएको छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ