गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? डा. सुनिलराम कोइराला कन्सल्टेन्ट न्युरोलाजिस्ट, प्रमुख न्युरोलोजी विभाग, वीर अस्पताल सोमबार, २०७७ पुस ६ गते, ११:४३ मा प्रकाशित शरीरको बाहिरी छालाबाटै गाढा निलो हरियो रंगको टेडोमेडो आकारमा फुल्लिएको नशा देखिने समस्यालाई चिकित्सा क्षेत्रअन्तर्गत ‘भेरिकोज भेन’ भनिन्छ । यो शरीरको हात, खुट्टा तथा अण्डाशय जुनसुकै भागमा पनि देखिन सक्छ । यद्यपि यो समस्या प्रायजसोः लामो समयसम्म उभिएर काम गर्ने मानिसहरुमा देखिन्छ । शरीरको अन्य भागबाट मुटुतर्फ रक्त प्रवाह गर्ने ट्युबलाई रक्तवाहिनी (भेन) भनिन्छ । कहिलेकाहिँ विभिन्न कारण सो भेन ब्लक भएमा वा भल्भमा खराबी देखिएमा शरीरमा रक्तप्रवाहको प्रकृया उल्टो हुन गई सो रगत पुनः तल नै फर्केर आउँछ । जसबाट खुट्टामा प्रेसर बढ्न गई नशा खुकुलो हुन पुग्छ र, परिणाम स्वरुपः व्यक्तिमा ‘भेन भेरिकोज’ को समस्या देखा पर्दछ । भेरिकोज भेनका लक्षण बस्दा वा रात पर्दै जाँदा खुट्टा भारी हुनु वा हल्का सुन्निनु पिँडौला फर्किनु खुट्टा सुन्निनु खुट्टामा दुखाई महशुस हुनु चिलाउनु कालान्तरमा शरीरमा कालोपन देखिनु । जोखिम समूह लामो समयसम्म उभिने वा बसिरहने समूह उच्च तौल वा मोटोपन भएका व्यक्तिहरु आणुवांशिक गर्भवती महिला उपचार तथा समाधानको उपाय भेरिकोजको समस्या आएको व्यक्तिमा यस्ता समस्या ब्यान्डेज वा स्टकिङको प्रयोग वा केहि औषधिको सेवनबाटै पनि निको पार्न सकिन्छ । तर, समस्या देखिएको लामो समय भएमा वा भेरिकोज भेनले मुख्य रक्तनलीमा असर गरी एडभान्स स्टेज देखिएका व्यक्तिमा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यसरी गरिने शल्यक्रियालाई ‘भास्कुलर सर्जरी’ पनि भनिन्छ । यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ः लामो समयसम्म उभिएर वा बसेर काम नगर्ने तौल नियन्त्रणमा राख्ने माथि उल्लेखित कुनै पनि समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिने नियमित व्यायाम गर्ने गर्भवती महिलाले गर्भधारणको चौथो वा पाचौं महिनाबाट चिकित्सकको सल्लाहमा कम्प्रेशन गार्मेन्ट(खुट्टादेखि जाङसम्म पुग्ने एक किसिमको मोजा)को प्रयोग गर्ने । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सजिप्ता पन्तको सल्लाह : महिनावारीको समयमा के गर्ने ?… शरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ? ‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं किन हुन्छ छारे रोग ? कसरी बच्ने यसबाट गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री ४ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार Kalpana Craft ट्रेण्डिङ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न