२०८१ पुस १९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१३ अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेक्सका लागि तोकिए ४८ कर्मचारी

१३ अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेक्सका लागि तोकिए ४८ कर्मचारी


काठमाडौं—सरकारले देशका प्रमुख नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स संचालनका लागि कर्मचारी खटाएको छ । १५ पुषभित्र हेल्थ डेक्स संचालन गर्ने २२ मंसिरको स्वास्थ्य तथा जनसंख्या सचिवस्तरीय निर्णयअनुसार स्वास्थ्य सेवा विभागले कर्मचारी खटाएको हो ।

विभागले हेल्थ डेक्समा खटिने कर्मचारीको नाम प्रकाशित गरी एक साताभित्र ती कर्मचारीलाई विभागमा सम्पर्क गर्न भनेको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ जना, काकडभिट्टा नाकामा ४ जना, रानी भन्सार विराटनगरमा २ जना, मडार सिरहामा ४ जना, रौतहटको गौर नाकामा ५ जना, पर्साको वीरगञ्ज नाकामा ५ जना, भैरहवाको बेलहिया नाकामा ३ जना, कपिलवस्तुको कृष्णनगर नाकामा ३ जना, बाँकेको जमुनाहा नाकामा ५ जना, कैलालीको गौरीफन्टा नाकामा ३ जना, सिन्धुपाल्चोकको तातोपानी नाकामा ३ जना, रसुवाको रसुवागढीमा १ जना, कन्चनपुरको गड्डाचौकीमा २ जनाको अस्थायी दरवन्दी कायमा गरी खटाइएको हो ।

कोरोना महामारी सुरु भएसँगै सरकारले अन्तर्राष्ट्रिय नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स राख्ने निर्णय गरेको थियो । सोही अनुसार स्वास्थ्य सेवा विभागले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्थायी कर्मचारी व्यवस्थापन गरी हेल्थ डेक्स सुरु गर्न लागेको हो । हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीले विदेशबाट सिमानाका हुँदै आउने व्यक्तिहरुको स्वास्थ्य जानकारी राख्नेछन् र कुनै पनि सरुवा रोगको शंका लागेमा उपचारका लागि समन्वय गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ