२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५९ जना कोरोना संक्रमित भेन्टीलेटर र २८९ जना आइसीयुमा

५९ जना कोरोना संक्रमित भेन्टीलेटर र २८९ जना आइसीयुमा


काठमाडौं—नेपालमा ५९ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार देशभरका विभिन्न अस्पतालहरुमा ५९ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा २ जना र २ नंं. प्रदेशमा २ जना कोरोना संक्रमतिको ५९उपचार र १ नंं. प्रदेशमा ७ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर २ सय ८९ जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा १ सय ४ जना, गण्डकी प्रदेशमा ८२ जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ६ जना, १ नं. प्रदेशमा ३७ जना, २ नं. प्रदेशमा ११ जना, सुदूरपश्चिम प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ