गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ सीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ? सीओपीडी (COPD) रोग भनेको के हो ? यसबाट कसरी बच्ने ? डा. सुरजकुमार गुप्ता दम तथा छात्ती रोग विशेषज्ञ | नर्भिक अस्पताल, थापाथली बुधबार, २०७७ पुस १ गते, १०:२८ मा प्रकाशित सीओपीडीअर्थात् क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजले फोक्सोमा, श्वासप्रश्वासमा अवरोध सिर्जना गरिरहेको हुन्छ । यो रोग लागिसकेपछि मानिसहरुमा श्वासप्रश्वासमा समस्या आउन्छ । यसले क्रमसः बिरामीको फोक्सो बिग्रार्दै लैजान्छ । नेपालमा सीओपीडी हुनुमा धुवाँ, वायु प्रदुषण, धुम्रपान र वंशाणुगत गुणहरुले प्रभाव पारिरहेको आवस्था छ । नेपालमा प्रायः दाउरामा खाना पकाउने हुनाले पनि सिओपिडीको समस्या दिन प्रतिदिन बढिरहेको छ । बिरामीले धुलो धुवासँग लामो समयमा बस्नाले फोक्सोका नलीहरु साँगुरिने हुन्छन् । सीओपीडीलाई पनि रोकथाम गर्न सकिन्छ । यसका लागि मानिसहरुले वायु प्रदुषणबाट बच्नुपर्छ । र, धुम्रपानलाई त्याग्नु पर्दछ । सीओपीडीमा मुख्यतयाः मानिसमा स्वाँ—स्वाँ हुने खकार निस्कने र खोकी लाग्ने हुन्छ । सीओपीडीले बिरामीलाई निकै दुःख दिएको अवस्थामा औषधि दिने र खोपहरु लागाउनु पर्दछ । धेरै नै गाह्रो भएको अवस्थामा अस्पतालमा नै भर्ना भएर उपचार गर्न आवश्यक देखिन्छ । सीओपिडीका लक्षणहरु छिटो—छिटो सास फेर्ने, कसरत गरेको बेलामा अलि बढी हुने खोकी र खकारसँगै आउने र सजिलोसँग निको नहुने छातीमा संक्रमण हुने लगातार घाटीमा खसखस हुने, छाती दुख्ने हरेक राती खकार निस्कने लगातार रुघाखोकी अन्य श्वास सम्बन्धी समस्या हुने कमजोर महसुस हुने श्वास फेर्दा छात्तीबाट घ्वार—घ्वार आवाज आउने सुरु–सुरुमा यस्तो लक्षण हप्ता वा अझै लामो अन्तरालमा एक पटक हुने गर्छ । रोग जटिल हुँदैं गएको खण्डमा दिनहुँजस्तो समस्या आइपर्छ । घ्वार–घ्वारजस्तै खोकी र श्वास फेर्दा सुसेल्न खोजेजस्तो आवाज आउन सक्छ । सुख्खा खोकीको समस्या दिउँसोमा भन्दा विहान र साँझ बितेपछि बढी देखिन्छ । कसै—कसैलाई भने दमको समस्या नभई खोकी मात्र लाग्ने पनि हुन्छ । दम एलर्जीको कारणबाट सिर्जित रोग भएका कारण बिरामीलाई रुघा लागिरहने, शरीर चिलाउने र हाच्छ्यु आइरहने पनि हुन सक्छ । छात्ती कस्सिएजस्तो वा केही कुराले थिचिराखेजस्तो हुने, लामो श्वास तान्न खोज्दा र श्वास फाल्न खोज्दा बढ्दा गाह्रो हुन्छ । सिओपिडीका कारण अधिकांश बिरामीमा चुरोट सेवनबाट यो रोग लाग्दछ । घरमा दाउराबाट र वायु प्रदुषणबाट यो रोग लाग्छ । जोखिमहरु अत्याधिक चुरोट सेवन गर्नाले र चुरोट सेवन गर्नेको नजिक बसेमा धुलो र रसायनिक धुलोमा काम गरेमा इन्धनको धुवाबाट नजिक बसेमा सीओपीडीबाट कसरी बच्ने वायु प्रदुषणबाट बच्ने कार्यस्थलमा भएका रसायनिक टाढा रहने स्वस्थ जीवनशैली उपनाउने धुम्रपान नगर्न र टाढा रहने सीओपीडीको उपचार पद्धति सीओपीडीकाे अवस्था पूर्ण रुपमा उपचार छैन । तर, यसलाई रोकथाम गर्ने र लक्षणलाई रोकथाम गर्न धुम्रपान नगर्ने । औषधि प्रयोग अक्सिजन थेरापी सर्जरी वा फोक्सो प्रत्यारोपण नेबुलाइभर लिने जहिले डाक्टरको सम्पर्कमा रहने र उपचार गर्ने । ठाउँ हेरेर क्लिनिकल जाँचबाट र केवल लक्षणको आधारमा रोगको निदान गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ल्याब टेस्टमा कुनै गडबडी नदेखिने पनि हुन सक्छ । सम्भव छ भने ‘पल्मोनरी फङ्न टेष्ट’ पीएफटी ९क्उष्चयmभतचथ त्भकत० गरेर यो रोगको निदान गर्न सकिन्छ । विशेषतः पीएफटी गर्दाको औषधिले श्वासको प्रवाहमा सुधार भएको देखिएमा दम रोगको निदान गर्न सजिलो हुन्छ । रगतमा ‘इओसिनोफिल’ बढेको देखिएमा दमको सम्भावना रहन्छ । कहिलेकहिँ छाती एक्स–रे तथा सीटी स्क्यान पनि गर्नुपर्ने हुन सक्छ । जसमा केही गम्भीर किसिमका परिवर्तनहरु देखिन सक्छन् । क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सजिप्ता पन्तको सल्लाह : महिनावारीको समयमा के गर्ने ?… शरीरका लागि कति महत्वपूर्ण छ हेमोग्लोबीन ? ‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं किन हुन्छ छारे रोग ? कसरी बच्ने यसबाट गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालन प्रक्रिया अगाडि बढाउँछौं : वनमन्त्री ४ नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा दर्ता ५ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार Kalpana Craft ट्रेण्डिङ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न