२०८१ मंसीर १०, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन बस्छ स्वर ? यसबाट कसरी बच्ने ?

किन बस्छ स्वर ? यसबाट कसरी बच्ने ?


मौसमअनुसार घाँटीको समस्या देखिन्छ । जाडोयाममा होस् या गर्मीयाममा घाँटीमा विभिन्न समस्या देखिएका हुन्छन् । विभिन्न समस्यामध्ये स्वर बस्ने अर्थात् आवाज नआउने समस्या पनि एक हो ।

यस अन्तर्गत व्यक्तिले बोल्न खोज्दा पनि आवाज नआउने वा भासिएर आउने र घाँटी दुख्नेजस्ता समस्याहरू देखा पर्छ । विशेषगरी यो समस्या जाडो मौसममा बढी देखिन्छ । यो समस्या देखिनु अघि घाँटी खसखस हुने, चिलाउने तथा लगातार हाछ्युँ आउने जस्ता लक्षणहरु देखा पर्छ ।

स्वर बस्ने कारण

  • चिसोको कारण देखिने ‘एलर्जिक फ्यारिजान्टिस’
  • भाइरल फ्लु एवम् एन्फ्लुएन्जा
  • म्यारिन्जाईटिस
  • प्रदूषित वातावरण
  • अत्याधिक चिल्लो एवम् चिसो खानाको सेवन
  • ग्यास्ट्रिकको समस्या
  • ठुलो स्वरमा बोलेमा वा चिच्याएमा
  • चिसोको एलर्जी

स्वर बस्ने समस्याबाट जोगिने उपाय

यस्तो समस्याको समाधान घरेलु उपचार विधिबाट नै पनि निको पार्न सकिन्छ । कतिपय अवस्थामा यस्तो समस्या १÷२ दिनपछि आफैं निको भएर पनि जाने हुन्छ । यद्यपि यसका लागि भने व्यक्तिले निम्न पक्षमा विशेष ध्यान दिनुपर्छ ः

  • चिसोबाट जोगिने
  • तातो खाना र मनतातो पानीको सेवन गर्ने
  • खाना बार्ने
  • अत्याधिक चिसो तथा चिल्लो पिरो नखाने
  • लगातार नबोल्ने वा सकेसम्म राम्ररी स्वर नआएसम्म घाँटीलाई आराम दिने
  • बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने
  • चिकित्सकको सल्लाह लिने ।

प्रस्तुतिः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ