२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको मृत्यु


पोखरा—पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराकाअनुसार ७४ वर्षीया एक महिला र ६० वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माकाअनुसार शनिबार बेलुका ८ः४० बजे पोखराको मणिपाल मेडिकल कलेजमा पोखरा महानगरपालिका—१७ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो । ती महिलामा २६ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकका गम्भीर खालको दमको रोग रहेको थियो ।

यस्तै, आइतबार विहान ९ः३० बजे म्यादे गाउँपालिका—२ का ६० वर्षीय पुरुषको मृत्युको भएको छ । ती पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ