२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्तनपानमा पुरुषको भूमिका पनि उत्तिकै आवश्यक

स्तनपानमा पुरुषको भूमिका पनि उत्तिकै आवश्यक


महिला पहिलोपटक आमा बनेपछि जब आफ्नो शिशुलाई स्तनपान गराउँछिन्, तब उनलाई अरु बेलामा झैं यस समयमा पनि आफ्नो श्रीमानको सहयोगको उत्तिकै खाँचो हुन्छ । र, श्रीमानको यसबेलाको सहयोगले उनमा(आमामा) आत्मविश्वासका साथ स्तनपान गराउने हौसला मिल्ने तथ्य अध्ययनले सार्वजनिक गरेको छ ।

यस विषयसँग सम्बन्धित अष्ट्रेलियामा गरिएको एक खोजले पनि बाबु बनेपछि पुरुषले आफ्नो श्रीमतीलाई सहयोग गर्नाले ६ हप्ता वा सोभन्दा बढि सम्मको स्तनपान प्रभावकारी रहने निस्कर्ष देखिएको छ । यसकारण पनि स्तनपानको तालिम वा सिकाइ महिला मात्र नभई दम्पति(महिला पुरुष दुवै) लाई नै दिनुपर्ने युनिभर्सिटि अफ ब्राइटनका डा. सेरिफ बताउँछन् ।

यसका साथै गर्भावस्थामा मात्र नभई सुत्केरी भएपछि स्तनपान गराउनको निम्ति पनि महिलालाई आफ्नो श्रीमान्को उत्तिकै साथको आवश्यक पर्ने बताउदै उनले अघि थपे; ‘तर, सुत्केरी भएपश्चात् आफ्नो श्रीमतीलाई स्तनपानको लागि साथ दिने पुरुषहरु कमै रहेको देखिन्छ । मकहाँ आउने गरेका सुत्केरीबाट पनि यस्ता आम गुनासोहरु कयौंपटक सुनेको छु ।’

तर, यदि कुनै पनि आमाले शिशुको बाबुको सहकार्यमा स्तनपान गराउँछ भने यसले शिशुलाई निरन्तर रुपमा स्तनपान गराउनु पर्ने वास्तविक मात्रा प्रभावकारी बन्ने र यसले आमा तथा शिशु दुवैलाई फाइदा गर्ने उनले बताए ।

यस किसिमको क्रियाकलापले पुरुषले आफ्नो श्रीमतीलाई कति हदसम्म साथ एवम् सहयोग गर्न सक्छन् भन्ने कुराको व्यवहारिक रुपमा पुष्टि हुने बताउदै सेरिफ भन्छन्, ‘यसबाट आमामा आफ्नो श्रीमान्प्रतिको लगाव बढ्नुका साथै यसले शिशु र बाबुबीचको आत्मीयतालाई पनि बढावा दिन्छ ।’

यस्तै, आमा बनेपछि महिलामा बढ्ने अन्य जिम्मेवारीको कारण कहिलेकाहिँ उनले आफ्नो शिशुलाई स्तनपान गर्न समय नभएको वा बिर्सिएकी हुन्छिन् । तसर्थ, यस्तो अवस्थामा बाबुले गरेको केहि सहयोगले उनले आफ्नो शिशुलाई स्तनपान गराउने समय पाउँछिन् । तसर्थ, यसकारण पनि स्तनपानको लागि महिलामात्र नभइ पुरुषले पनि उत्तिकै समान भुमिका निर्वाह गर्नुपर्छ, ‘उनले भने ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ