काठमाडौं– नेपालमा २ हजार ७ सय ९७ जना कोरोना संक्रमित आइसियु र ६ सय ८५ जना भेन्टिलेटरमा पुगेको पाइएको छ । मंसिर १ गतेसम्म देशभरका कोभिड अस्पतालबाट संकलन गरिएको तथ्यांकअनुसार कुल संक्रमित मध्ये २ हजार ७ सय ९७ जना आइसियुमा र ६ सय ८५ जना भेन्टिलेटरको सहायतामा पुगेको पाइएको हो ।
विश्व स्वास्थ्य संगठनले कुल संक्रमित मध्ये ५ प्रतिशतलाई आइसियु तथा भेन्टिलेटर आवश्यक पर्ने बताएको छ । अस्पतालहरुले उपलब्ध गराएको तथ्यांक भन्दा थप केही संख्या बढी हुन सक्ने अनुमान विज्ञहरुले गरेको छन् ।
नेपालका केही कोभिड अस्पतालहरुले आइसीयू र भेन्टिलेटरमा पुगेका कोरोना संक्रमितको तथ्यांक नराखेको भन्दै तथ्यांक उपलब्ध गराएनन् । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत आइसीयूमा पुगेका संक्रमितको तथ्यांक राखेको छैन । मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले आइसियुमा पुगेको कुल संख्या मन्त्रालयसँग नभएको बताए । ‘आइसीयूमा पुगेका कोरोना संक्रमितको संख्या मन्त्रालयसँग छैन,’ उनले भने, ‘मन्त्रालय पनि यो संख्या संकलनमा जुटेको छ ।’ कुनै तथ्यांक नभएपनि करिव ३ हजारको सख्यामा संक्रमित आइसीयूमा पुगेको मन्त्रालयको अुनमान छ ।
उपलब्ध तथ्यांकअनुसार बागमती प्रदेशमा ९ सय ३० जना, प्रदेश १ मा १ हजार ७ जना, लुम्बिनी प्रदेशमा ५ सय ४ जना, प्रदेश २ मा २ सय २४ जना, कर्णाली प्रेदशमा ६८ जना, सुदुरपश्चिम प्रेदशमा ४५ जना र गण्डकी प्रदेशमा १९ जना संक्रमित आइसीयुमा पुगेका छन् । जसमध्ये, प्रदेश १ को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय ४६ जना, विराट मेडिकल कलेजमा १ सय ४१ जना, नोबेल मेडिकल कलेज ३ सय ९३ जना, कोशी कोभिड उपचार केन्द्रमा ७१ जना, न्युरो कोभिड उपचार केन्द्रमा ५६ जना कोरोना संक्रमित आइसीयूमा पुगेका छन् ।
यस्तै, प्रदेश २ मा २ सय २४ मध्ये प्रादेशिक अस्पताल जनकपुरमा ८५ जना, नेशनल मेडिकल कलेज विरगञ्जमा १ सय ३९ जना आइसीयूमा पुगेका छन् ।
बागमती प्रदेशको सुमेरु अस्पतालमा ३३ जना, बीएण्डबी अस्पतालमा १५ जना, निदान अस्पतालमा १३ जना, चिरायु अस्पतालमा ७ जना, सशस्त्र प्रहरी अस्पतालमा १ सय ७५ जना, बिनायक अस्पतालमा ५ जना, सहिद मेमोरियल अस्पतालमा ३ जना, मेडिसिटी अस्पतालमा ९३ जना, पाटन अस्पतालमा १ सय ७०, ह्याम्स अस्पतालमा १ सय २९ जना, टेकु अस्पतालमा २ सय २३ जना र विरेन्द्र सैनिक अस्पतालमा ५४ जना आइसीयूमा पुगेका हुन् ।
यसैगरी, गण्डकी प्रदेशको धौलागिरी अस्पतालमा ४ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना आइसीयूमा पुगेका छन् ।
लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ४ सय २ जना, भीम अस्पताल भैरहवा रुपन्देहीमा ३० जना, भेरी अस्पतालमा ५० जना, बेलझुण्डी कोरोना विशेष अस्पतालमा २२ जना कोरोना संक्रमित आइसीयूमा पुगेका छन् । कर्णाली प्रदेशको सुर्खेत प्रदेश अस्पताल मा ६८ जना कोरोना संक्रमित आइसीयूमा पुगेका छन् । यस्तै, सेती प्रादेशिक अस्पतालमा ४५ जना आइसीयूमा पुगेका छन् ।
भेन्टिलेटरमा कहाँ कति ?
देशभर ६ सय ८५ जना कोरोना संक्रमित भेन्टिलेटरमा पुगेका मध्ये, प्रदेश १ मा २ सय ४ जना, प्रदेश २ मा १९ जना, बागमती प्रदेशमा ३ सय ४२ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ५२ जना, कर्णालीमा ४२ जना, सुदुरपश्चिममा १८ जना संक्रमित पुगेको पाइएको छ । प्रदेश १ को वीपी कोइराला स्जास्थ्य विज्ञान प्रतिष्ठानमा ५२ जना, विराट मेडिकल कलेजमा ४९ जना, नोबेल मेडिकल कलेजमा ६४ जना, कोशी कोभिड उपचार केन्द्रमा २१ जना, न्युरो अस्पतलमा १८ जना कोरोना संक्रमित भेन्टिलेटरमा पुगेका थिए ।
प्रदेश २ को जनकपुर प्रादेशिक अस्पतालमा २ जना, नेशनल मेडिकल कलेज विरगञ्जमा १७ जनाको भेन्टिलेटरमा उपचार भएको छ ।
बागमती प्रदेशको सुमेरु अस्पतालमा ५ जना, निदान अस्पतालमा ७ जना, चिरायु अस्पतालमा ६ जना, सशस्त्र प्रहरी अस्पतालमा ७० जना, मेडिसिटी अस्पतालमा ३० जना, पाटन अस्पतालमा १ सय १० जना ह्याम्स अस्पतालमा ५५ जना, टेकु अस्पतालमा ५९ जना कोरोना संक्रमित भेन्टिलेटरमा पुगेका छन् ।
यस्तै गण्डकी प्रदेशका धौलागिरी अस्पतालमा ३ जना, पोेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनाको भेन्टिलेटरमा उपचार भएको छ । यस्तै, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पतालमा ४२ जना, भेरी अस्पतालमा १० जना, कर्णाली प्रदेशको कर्णाली प्रदेश अस्पतालमा ४२ जना र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा १८ जना कोरोना संक्रमित भेन्टिलेटरमा पुगेका हुन् ।